गोर्खाकी सुन्दरी गौ माया मिस युकेनेपालु २०११
Sunday, 20 November 2011 Posted by साहित्य संसार

धर्मराज अधिकारी, २० नोभेम्बर, अल्डरसोट ।

बेलायतमा सम्पन्नमिस युके नेपाल २०११ को उपाधी गोर्खाकी सुन्दरी गौ माया गुरुङले हात पारेकी छिन ।सहभागि १० जना सुन्दरीहरुलाई पछि पार्दै गौमायांले सो उपाधी हात पारेकी हुन । इभेन्ट्सएण्ड आइडियाज प्रोडक्सनले शनिबार अल्डरसोटस्थित पि्रन्सेस हलमा आयोजना गरेको सुन्दरीप्रतियोगितामा काठमाडौंकी प्रज्ञा श्रेष्ठ फष्ट रन अप भइन । त्यस्तै पोखराकी निलम गुरुङले सेकेण्ड रनर अपको उपाधीजितिन । उपाधी संगै विजेता र रनर अप द्धयले क्रमश आठ सय पांच सय र तिन सय पाउण्डसंगै ट्रफी हात पारेका थिए । विजेता गौमायां मिस ट्यालेण्ट र मिस पस्रनालीटि पनिहुन । फष्ट रनर अप प्रज्ञाले मिस क्याटवाकको उपाधी पाइन । सेकेण्ड रनर अप निलम गुरुङमिस फोटो जेनिक भएकी थिइन । उनीहरुलाई क्रमश मिस युके नेपाल २०१० कि विजेतानविना फष्ट रनर अप श्रद्धा शिला र सेकेण्ड रनर अप मोनीकाले ताज पहिर् याइदिएका थिए।

प्रतियोगितामा श्रद्धा खवास मिस वेष्टफिगर र मिस पब्लिक च्वाइसमा परिन । सहभागि सुन्दरी मध्य पोखराकी आशा गुरुङ गोर्खाकीविजया गुरुङ चितवनकी सानु गुरुङ झापाकी श्रद्धा खवास र बुटवलकी निन्जा भट्ट फाइनलमापुग्न सकेनन । गोर्खाकी सुन्दरी गौमाया गुरुङ बुटवलकी मिना कवार काठमाडौंकी प्रज्ञाश्रेष्ठ गोर्खाकी बि्रषणा गुरुङ र पोखराकी निलम गुरुङ फाइनलमा पुगेका थिए ।

फाइनल राउण्डमा पुगेका पांच जनाप्रतिष्पर्धीलाई मुख्य निर्णयक विविसी नेपाली सेवाका सुमन खरेलको प्रश्नले मिस युकेनेपाल २०११ कि विजेता घोषणा गरेको थियो । नेपाली पर्व दर्शै र तिहार मध्य एकरोज्नुपर्दा कुन रोज्नुहुन्छ भन्ने खरेलको प्रश्नमा गौमायाले पशुबध गर्ने दशैं भन्दाउज्यालो पर्व तिहार मनपर्ने बताएकी थिइन । खरेलसंगै निर्णायक मण्डलमा रेडिङ नेपालीसमाजका अध्यक्ष महेश गुरुङ पुर्व हङकङ ट्यालेण्ट सुस्मिता गुरुङ व्यवसायी यादव भण्डारी साचारकर्मीयोगराज राई डिजाइनर मिनषा डंगोल श्रेष्ठ र समाजसेवी शशी थापा सुब्बा रहेका थिए। सहभागि सुन्दरीहरुको परिचयात्मक कार्यक्रमपछिलण्डन फेसन हाउसको पहिरनमा उनीहरु स्टेजमा उत्रिएका थिए । साडी प्रश्नोत्तर इभिनिङराउण्ड हुंदै सहभागिहरु फाइनल राउण्डमा पुग्दा ५ जनामा सिमित भए ।

लण्डनस्थित नेपाली राजदुत डा। सुररेशचन्द्रचालीसेले उद्घाटन गर्नुभएको कार्यक्रममा एन आर एन युकेका अध्यक्ष कुल आचार्य निवर्तमानअध्यक्ष सुर्य गुरुङ पुर्व अध्यक्ष डम्मर घले तमुधी युकेका अध्यक्ष मुच्छेत्र गुरुङ संस्थापकअध्यक्ष मिन गुरुङ नेपाली टेलिभिजनका प्रमुख कार्यकारी निर्देशक मोहन गुरुङ क्याटकाअध्यक्ष हिमाल गुरुङ लगायत बेलायतस्थित नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो ।

उपाधी विजेताहरुलाई लण्डनस्थित नेपालीराजदुत डा सुरेशचन्द्र चालीसेले प्रशंसापत्र वितरण गरेका थिए । मिस युके नेपाल इभेन्ट्सएण्ड आइडियाज प्रोडक्सनको दोश्रो प्रश्तुती हो । संस्थाकी प्रमुख शान्ति गुरुङले२०१० मा पहिलो पटक मिस युके नेपाल आयोजना गरेकी थिइन । समाजसेवी नन्द कुमारीगुरुङको सहयोगमा नारी जागरणका लागि शान्तिले यस्तो कार्यक्रम आयोजना गरेकी हुन । कार्यक्रमसफल बनाउन लण्डनस्थित नेपाली व्यवसायीहरुले सहयोगगरेका थिए ।

कार्यक्रममा नेपालबाट आएका गायक राजेशपायल राइ तथा स्थानीय कलाकारहरुले नेपाली अंग्रेजी तथा हिन्दी गितमा नाच गान गर्दै मनोरंजन दिएका थिए ।

साहित्य संसार

Thanks for your visit..!

[ ]
Latest News Updates