इजरायलमा श्रीसत्य साईबाबाको ८६औं जन्मजयन्ति I
अर्जुन जयसवाल
२६ नोभेम्बेर २०११
तेलअविभ तेलाविव ,
इजरायलको तेलअविव शहरमा , आज बिहान बाटै निकै चहल पहल थियो | बिहानै नुहाई धुवाई गरेर तयार भै सकेका थिए | तर किन ? कुनै चाड पर्व पनि थिएन आज , तर आजको दिन इजरायलवासी नेपाली साईभक्तहरुका निम्ति बिशेष नै थियो | सत्य साई बाबाको ८६औं जन्मजयन्तिको अवसरमा | हुन् त् बाबाको जन्मदिन २३ नोभेम्बेरमा पर्छ तर यहाँको कामको प्रकृति र नेपालीहरुले पाउने साप्ताहिक छुट्टी शनिवार नै अनुकुल परेकोले आजको दिन सत्य साईबाबाको ८६औं जन्मजयन्ति इजरायल वासीनेपालीहरुले तेलअविभ मा भव्यताका साथ मनाए | सत्य साईकेन्द्र, इजरायलले प्रतेक वर्षझैँ यसपाली पनि भजन किर्तन र साई वन्दनाको कार्यक्रम पश्चात आरती गरेर कार्यक्रम गरेका थिए | सो समारोहमा नेपाली दुतावासका कर्मचारी, बिभिन्न संघ संस्थाका व्यक्ति,बिभिन्न नेपाली वेभपत्रिकाका पत्रकारहरू लगायत इजरायली साइभक्तहरु पनि आमन्त्रित थिए ,प्रमूख अथिती कारणबश आमन्त्रीत समयभन्दा एकघण्टा ढीला उपस्थित हुनुभएकाले कार्यक्रम निर्धारित समयभन्दा केहि ढीला सुरू गरिएतापनि अनबरत ३ घण्टाभन्दा लामॊ समयसम्म इजरायलस्थित साइभक्तहरूले साइभजन गाएर पुरै हल गुन्जायमान बनाएका थिए | कार्यक्रमकॊ अन्तमा सम्पुर्ण उपस्थित भक्तजनहरूमा बिभुती र प्रसाद बितरण गरिएकॊ
कार्यक्रममा सत्यसाई सेन्टर इजरायलकि अध्यक्ष नेहा गुरुङले बाबाको जीवन र विचारबाट हामीले आफ्नो जीवनलाई सार्थक र सफल बनाउन सक्ने बताउदै साइ भक्तिको बारेमा बिशेष प्रकाश पार्नु भएको थियो | कार्यक्रम सफल पार्न सहयोग पुर्याउनु हुने संघ संस्था तथा व्यक्ति हरुलाई धन्यबाद व्यक्त गरेकी थिइन् | इजरायल स्थित नेपाली दुतावासको उप - नियोग प्रमुख रमेश खनालले आफ्नो मन्तब्य दिदै भनेका थिए |"बाबाको भौतिक शरीरको अन्त्य भए पनि बुद्ध , क्रिस्ट झैँ वहाको विचारलाई अनुसरन गरेर साइबाबालाई वहाको जन्म दिनको वास्तविक उपहार दिन सक्छौ |" मदन गुरुङले कार्यक्रम संचालन गर्नु भएको थियो | सत्य साइ केन्द्र, इजरायलले समय समय मा इजरायल स्थित नेपाली हरु लगायत नेपाल मा पनि पिडित व्यक्ति हरुका निम्ति आर्थिक सहयोग जुटाई सामाजिक सेवाको कार्यलाई अगाडी बढाउदै , "सेवा नै धर्म हो |" बाबा को मूल मन्त्र लाई सार्थक बनाएको छ |
२८ मार्च २०११ मा सत्य साई बाबाको निधन पछीको यो पहिलो जन्मजयन्ति कार्यक्रम हो | बाबाद्वारा मानव सेवाकालागि अनेकन क्षेत्रमा गरिएका कार्यहरु वास्तव मै प्रसंशनीय रहेको छ | सत्यसाई बाबा सिरडीसाई बाबाको दोस्रो अवतार मानिन्छ र तेस्रो प्रेमासाईको रुपमा अवतरित हुने बिश्वास साई भक्तहरुमा रहेको पाइन्छ |
थियॊ |