एनसिसि एजुकेसनबाट सफ्टवेरिकाका विद्यार्थीलाई पुरस्कार
आइटी र ई -कर्मसको अध्यापन गराइरहेको सफ्टवेरिका कलेजका दुई नेपाली विद्यार्थीले बेलायतको एनसिसि एजुकेसनबाट पुरस्कार पाएका छन्।
पुरस्कार पाउने विद्यार्थीहरुमा केशव खड्का र रोशन चौधरी रहेको कलेजले जनाएको छ। केशवले इन्टरनेशनल फाउन्डेसन इयर विषयमा विश्वकै उत्कृष्ट अंक ल्याएको र रोशनले इन्टरनेशनल डिप्लोमा इन कम्प्युटर स्टिडिजमा उत्कृष्ट क्षेत्रिय अंक पाएको कलेजले जनाएको छ। यसका साथै कलेजबाट अन्य विद्यार्थीहरुले पनि उत्कृष्ट अंकको आधारमा पुरस्कार पाएको कलेजको प्रेस विज्ञप्तीमा उल्लेख छ।