१६ मंसिर रोल्पा । रोल्पाको दहवनस्थित पाचौँ डिभिजनमा रहेका माओवादी सेनाका लडाकुलाई शुक्रबारदेखि परिचत्रपत्र वितरण गर्न थालिएको छ ।
लगातारको लोडसेडिङ र इन्टरनेटमा आएको समस्याका कारण वर्गीकरण सकिएको ४ दिनपछि मात्र कार्ड वितरणको काम थालिएको हो । वर्गीकरण टोलीका सूचना अधिकृत जिवन रावतले आज बिहान कार्ड छपाइ सकिएपछिलगत्तै डिभिजन सहायक कमाण्डर राजबहादुर बुढालाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
समायोजनको विकल्प रोँने १ हजार २ सय ८४ जना लडाकुलाई रातो र ९ सय ४४ जनालाई स्वेच्छिक अवकाशको हरियो कार्ड वितरण गर्न लागिएको हो । पाचौँ डिभिजनका पुनर्स्थापना रोज्नेको संख्या शुन्य रहेको छ । दहवनमा अन्मिनको प्रमाणिकरणमा परेका २ हजार ४ सय ३८ मध्ये २ हजार २ सय २८ जनाको मात्र वर्गीकरण भएको थियो ।