लोकप्रिय हुँदै कान्छो पत्रकारिता I
Sunday, 4 December 2011 Posted by साहित्य संसार

सहदेव चौधरी –
पत्रकारीतामा सबैभन्दा कान्छो विधाको रुपमा अनलाइनको विकास भएको भएपनि यसको लोकप्रियता भने दिनानुदिन बढ्दो छ। छोटो समयममै यसले परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई चुनौति दिन सक्षम भएको छ। विस्तारै परम्परागत सञ्चारमाध्यमहरु अहिले पूर्ण रुपमा अनलाइनमा निर्भर बन्दै जानु तथा नेपालमै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाइन पत्रकारीताको विकास र विस्तार तीव्र गतिमा भइरहेको छ।



सन् १९६९ मा अमेरिकी रक्षा विभागका अनुसन्धान विशेषज्ञले चार वटा कम्प्युटरको नेटवर्क अर्पानेट (Arpanet)बाट प्रयोगात्मक रुपमा सूचनाहरु आदान–प्रदान गर्न शुरु गरेको पाइन्छ। सन १९७०मा यसले टेलिटेक्स र भिडियो टेक्सको रुपमा विकास गर्‍यो र सन १९९० मा बेलायती वैज्ञानिक टीम वर्नर लीले वेभसाइटहरु बनाउनको लागि अत्यावश्यक एचटीएमएल कोडहरुको विकास गरेका थिए। जसबाट वेबपेजको निर्माण सम्भव भयो।
तर, पहिलो पटक अनलाइन पत्रिकाको शुरुवात भने सन १९९० मा आएर नेडी डट नेट(nady.net) को रुपमा भएको देखिन्छ। १९९२ मा अमेरिकाको शिकागो ट्रिव्युन अनलाइनको रुपमा इन्टरनेमा प्रकाशित भयो। यसपछि नै वास्तवमा अनलाइन पत्रकारिताको शुरुवात भएको मानिन्छ। सीएनएन, बीबीसी तथा अन्तराष्ट्रिय सञ्चारमाध्यममहरु धेरै अगाडि नै अनलाइन संस्करणमा फड्को मारिसकेको भएतापनि नेपाल पनि यसमा त्यत्ति पछाडि देखिंदैन। सन १९९३ आइपी गेटवे पाएको थियो। नेपालमा पनि सन १९९५ मा नै अनलाइन पत्रकारीताको आरम्भ भइसकेको थियो।
नेपालमा अनलाइन पत्रकारीताको प्रारम्भ गर्ने पहिलो संस्थाको रुपमा मर्कन्टाइलको नाम इतिहासको पानामा दर्ता भएको छ। मर्कन्टाइले सन् १९९५ मा साउथ–एशिया डट कम मार्फत आफ्नो पहिचान बनाइसकेको थियो। यसका साथै मर्कन्टाइलले कान्तिपुर पब्लिकेशनको अङ्ग्रेजी दैनिक ‘दि काठमाडौँ’ पोस्टलाइ आफ्नो साइटमा राखेर अनलाइन पत्रकारीतालाई झनै विस्तार गरेको थियो। मर्कन्टाइलले नै सन १९९८ मा नेपाल न्यूज डटकम (www.nepalnews.com)को रुपमा आफ्नै अनलाइन पत्रिकाको शुरुवात गर्‍यो। प्रारम्भमा नेपालन्यूजले आफैं समाचार राख्नेदेखि लिएर अन्य पत्रिकाहरुलाई समेत आफ्नो साइटमा हालिदिने अन्य पत्रिकाहरुलाई समेत अनलाइनको संसारमा प्रवेश गराएकोले अनलाइनमा आफ्नो पत्रिकाहरु राख्ने लहर पनि त्यस समयमा चल्यो। सबैभन्दा सुरुवातमा उसले कान्तिपुर पब्लिकेशन, गोरखापत्र संस्थान, कामना प्रकाशन लगायत अन्य कतिपय साप्ताहिक र मासिक प्रकाशनहरु नेपाल न्युजडटकममा राखेर ति पत्रिकालाई संसारमा चिनाउने काम गर्यो। यसैगरी नेपाल न्यूजको प्रारम्भ सँगै अर्को नेपालीपोष्ट डटकमले पनि नेपाली ई–पत्रिकाको रुपमा आफुलाई विकसित गर्‍यो। यसलाई नेपाली भाषाको पहिलो अनलाइन पत्रिकाको रुपमा पनि लिइन्छ।
नेपालन्युजडटकम मार्फत अनलाइनको दुनियामा छिरेको कान्तिपुर पश्लिकेशनले सन २०००मा कान्तिपुर अनलाइन डटकमको नाममा ई–पत्रिकाको प्रकाशन प्रारम्भ गर्‍यो। यसले आफ्नो मुल नाम (डोमेन) ईकान्तिपुर डटकम राखेको छ। यो अङ्ग्रेजी र नेपाली दुबै भाषामा उपलब्ध छ। अनलाइन पत्रकारीताको विकास बढ्दै गएपछि कुनै प्रकाशन गृह विना नै स्वतन्त्र रुपमा समाचार समप्रेषण गर्ने समाचार पोर्टलहरुको प्रारम्भ हुनथाल्यो। विस्तारै विस्तारै यसमा नेपाल बाहिर रहेका नेपालीहरुको सक्रियता बढ्न थालेपछि नेपाल भित्र पनि ई–पत्रिकाको संख्या दिनानुदिन बढ्दै गएको छ।
अनलाइन पत्रिकाको माग बढ्दै गएपछि छापा, ध्वनी र दृष्यमा आधारित सञ्चार माध्यमहरु पनि अनलाइनमा आएका छन। अहिले छापा माध्यममा रहेका गोरखापत्र, कान्तिपुर, अन्नपूर्णपोष्ट, दी हिमालयन टाइम्स, नेपाल समाचार पत्र, नयां पत्रिका, जनदिशा, राजधानी, नागरिक, कारोबार, आर्थिक दैनिक लगायतका पत्रिकाशरु सबै इन्टरनेट संस्करणमा पनि र हेर्न पढ्न सकिन्छ। यसका साथै साप्ताहिकमा पनि धेरै जसो इन्टरनेटमा हेरन् सकिने भएका छन्। विक्ली नेपाल डटकममा गएर देशान्तर, दृस्टि, जनआस्था, बिमर्श, लगायतका साप्ताहिक पत्रिकाहरु हेर्न र पढ्न पाइन्छ। पछिल्लो समयमा व्यवसायिक रुपमा सञ्चार माध्यम चलाएका भन्दा केहि व्यक्तिहरुको स्तरबाट पनि अनलाइन चलाउन थालिएको देखिएको छ। अनलाइन खवर डटकम र हाम्राकुरा डटकम यसका पछिल्ला उदाहरण हुन।
विकसित राष्ट्रहरुमा परम्परागत मिडियालाइ विस्थापित गराउने तहसम्म अनलाइन पत्रकारीताको विस्तार भएपनि नेपालमा आशा अनुरुपको विकास हुन सकेको छैन। अहिले फाट्टफुट्ट रुपमा केही ठूला मिडिया हाउसहरु अनलाइन पत्रकारीतामा आएपनि उनीहरुको प्राथमिकता परम्परागत मिडियामै बढि छ। जसका कारण सोचे अनुरुप नेपालमा अनलाइन पत्रकारीताको विकास हुन नसक्दा अवसर केही सिमित छन।
नेपालको कुल १५ प्रतिशत नागरिक इन्टरनेटको पहुँचमा छन्। इन्टरनेटमा सहज पहुँचको अभावमा नेपालमा सोचे अनुरुप अनलाइन पत्रकारीता जम्न सकेको छैन। त्यसैगरि अनलाइन पत्रकारहरुको लामो संघर्षपछि सरकारले परम्परागत सञ्चारमाध्यमलाइ झै अनलाइन पत्रकारीतालाइ समेत राज्यस्तरवाट मान्यता दिएपनि सरकार अझै अन्यौलमा रहेको देखिन्छ। अनलाइन पत्रकारीतालाई परिभाषित गरी बर्गिकरण गर्ने विषयमा सरकार उदासिन छ। जसका कारण अनलाइन पत्रकारीताको विकासमा बाधा पुगिरहेको छ।
अहिले संस्थागत र ब्यक्तिगत दुबै रुपमा अनलाइन पत्रकारहरुको संख्या बढ्दै गएको छ। परम्परागत संञ्चार गृहहरुले समेत संस्थागत रुपमा अनलाइन पत्रिकाका लागि छुट्टै समुह राखेर आर्कषक पारिश्रमिकको व्यवस्था गर्न थालेका छन। तर अझै प्रभावकारी हुन सकिरहेको छैन्। परम्परागत अन्य सञ्चार माध्यमको तुलनामा अनलाइन पत्रकारीता सस्तो र प्रभावकारी छ। विश्वमा छरिएर रहेका कुनैपनि ब्यक्ति अनलाइन पत्रिकाको पाठक हुनसक्छन। जो अन्य परम्परागत मिडियामा सम्भव छैन। सरकारको बक्रदृष्टि मात्र रहने हो भने नेपाली अनलाइन पत्रकारीताले परम्परागत सञ्चार माध्यमलाई माथ दिन वेर लाग्ने छैन।

साहित्य संसार

Thanks for your visit..!

[ ]
Latest News Updates