राजनितिक गतिरोधको समाधान खोज्न शीर्ष नेताहरुलाई राष्ट्रपतिको आग्रह
Tuesday, 2 August 2011 Posted by कृष्णपक्ष थापा


कूल तामाङ्ग साउन १८ काठमाडौ । राष्ट्रपति डा रामवरण यादवले राजनीतिक दलहरुलाई मिलेर छलफलबाट शान्तिप्रकि्रया कार्यान्वयन संविधान लेखन र मुलुकका समस्या समाधानका लागि निकास खोज्न आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस एनेकपा माओवादी र नेकपा एमाले का शीर्ष नेताहरुसँग आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा भएको छलफलमा राष्ट्रप्रति डा यादवले त्यसका लागि आफ्नो सहयोग चाहिए तयार रहेको भन्दै राष्ट्रलाई एउटा निकास दिन सो आग्रह गर्नुभएको हो ।राष्ट्रपतिले तीन पार्टीले गम्भीरताका साथ चासो लिएर छलफलबाट समाधान छिटो खोज्न आग्रह गर्नुभएको भेटपछि नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले बताउनुभयो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates