साफ यु-१६ प्रतियोगितामा बङ्गलादेश विजयी
कूल तामाङ्ग साउन १८ काठमाडौ । सोह्र वर्षमुनिको साफ यु-१६ प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई पराजित गरेको छ ।
दशरथ रङ्गशालामा भएको सो प्रतिस्पर्धामा निकै आक्रामक खेल खेलेको बङ्गलादेशी युवा टोलीले श्रीलङ्कालाई २ का विरुद्ध ६ गोल गरेको थियो ।
प्रतियोगितामा नेपालसहित भारत बङ्गलादेश श्रीलङ्का पाकिस्तान र माल्दिभ्स सहभागी छन् ।
नेपालले भोली बङ्गलादेशसँग पहिलो खेल खेल्नेछ ।




