आजदेखि सार्वजनिक स्थानमा धूमपान गर्न नपाईने
Saturday, 6 August 2011 Posted by कृष्णपक्ष थापा

साउन २२ काठमाण्डौ । सरकारले आजदेखि सार्वजनिक स्थानमा धुमपान गर्न नदिने भएको छ । सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ प्रयोगमा रोक लगाउने ऐन संसदबाट पारित भएपछि आजदेखि कार्यान्वयन हुन लागेको हो ।

यो नयाँ कानुन अनुसार अबदेखि सार्वजनिक ठाउँमा चुरोट खैनी विँडी जस्ता सुर्तिजन्य अथवा धुवाँजन्य पदार्थ सेवन गरेमा एक सय रुपैँया जरिवाना लाग्नेछ । 

यदी सेवनकर्ताले जरिवाना तिर्न नमानेमा ति ब्यक्तिलाई त्यो ठाउँबाट बाहिर निकाल्ने कानुनी प्राबधान छ । यस्तै १८ वर्ष नपुगेका किशोर किशोरी र गर्भवती महिलाले सुर्तिजन्य पदार्थ विकि्रवितरणओसारपसार गर्न नपाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो कानुन अनुसार विदेशी ब्राण्डका धूमपानजन्य पदार्थ आयात गर्दा पनि ति पदार्थको पाकेटमा चेतनामुलक सन्देश र चित्र उल्लेख हुनुपर्छ । धूमपानका सन्दर्भमा यति कडा कानुन बनाउनेमा नेपाल दोस्रो नम्बरमा पर्छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates