धनकुटामा क्रियाशील ६ पत्रकार सम्मानित
Saturday, 6 August 2011 Posted by कृष्णपक्ष थापा


देवकला कार्की 
 साउन २२ धनकुटा । कुसुम शिप विकास प्रशिक्षण केन्द्र धनकुटाले शनिवार   ६ जना पत्रकारहरुलाई सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव विजय सन्तोषी राई, रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्रका क्षेत्रीय प्रमुख श्रीकुवर प्रधान,कान्तिपुर  सम्वाददाता रमेशचन्द्र अधिकारी, नया पत्रिका दैनिकका सम्वाददाता भेषराज कटेल,जनविश्वास साप्ताहीका कार्यकारी सम्पादक हिमा चेम्जोङ्ग र द धनकुटा हेराल्डका कार्यकारी सम्पादक अञ्जना ताम्ली रहनु भएको छ ।
  
सम्मानीत हुने पत्रकारहरुलाई कुसुम शिव विकास प्रशिक्षण केन्द्रका प्रोपाईटर एवं उद्यमी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुसुम राना,उपाध्यक्ष रेणु श्रेष्ठले दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो । पत्रकारीताको माध्यमबाट महिलाहरुलाई महिला अधिकारको पक्षमा लाग्न उत्साहित गर्ने लगायत  महिला जगतको उन्नती र प्रगतीमा निरन्तर सहयोग गरिरहनु भएकोले उहाहरुलाई सम्मान गरिएको अध्यक्ष कुसुम रानाले वताउनु भयो।  कार्यक्रम उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था धनकुटाको संयोजनमा सम्पन्न भएको हो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates