मिस ग्लोवल इन्टरनेशनलको ताज दीक्षा थिङ लामा लाई
Sunday, 7 August 2011 Posted by कृष्णपक्ष थापा




शनिबार राजधानीको आर्मी क्लबमा मोडल ग्लोवल भिसाज कन्सल्टेन्सीको आयोजनामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा बौद्धकी १९ बर्षीया दीक्षा थिङ लामाले उक्त ताज आफ्नो हातमा पार्न सफल भइन् यसै गरी अपेक्षा प्रधान फस्ट रनर अप र तृप्ती शाहले सेकेन्ड रनर अप को ताज आफ्नो हात पार्न सफल भइन्।

दीक्षाले ताज सहित पुरस्कार स्वरुप स्कुटर, ५० हजार नगदका साथै बिदेश अध्ययनका लागि छात्रबृत्ति स्वरुप सात सय डलर हात पारिन् र फस्टरनर अप अपेक्षाले ३५ हजार नगद र पाँच सय डलर अनि सेकेन्ड रनर अप तृप्तिले २५ हजार नगद र दुई सय डलर हात पारिन्।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates