उत्पादित तरकारीले वजारभाउ नपाउदा सिन्धुलीका किसान चिन्तित
एसवी गौतम,२२ साउन,सिन्धुली

सिन्धुलीमा तरकारी उत्पादन र भण्डारण गर्ने उदेश्यले प्लाष्टिकघर निर्माण गरिएको छ । प्लान नेपालको आर्थिक सहयोग र सिड्स नेपाल सिन्धुलीको प्राविधिक सहयोगमा सिन्धुलीको भद्रकालीजलकन्यारतनचुरा भिमेश्वररानिचुरी तगायत गाविसमा ४० वटा प्लास्टिक घर निर्माण गरिएको हो ।
एकमुष्ट १२ हजार लागतमा निर्माण गरिएको प्लाष्टिकको एक घरवाट एक पटकमा २० देखी ३० केजी टमाटर उत्पादन गरिएको र वजारभाउ प्रतिकेजी ५० भएपनी कृषकहरुले उत्पादित तरकारी वेच्न नपाउदा वोटैमा कुहिएर गएको सिड्स नेपालका गोपाल पौडेलले जानकारी दिनुभएको छ । अन्य वेमौसमी तरकारी रोप्ने उदेश्य भएपनी उत्पादित तरकारीले वजार नपाउदा कृषक चिन्तीत वनेको पौडेलको भनाई छ ।




