जिनजियाङ प्रान्तमा भएका हिंसात्मक घटनामा पाकिस्तानी लडाकुहरुको संलग्नता रहेको चीनको आरोप
Tuesday, 2 August 2011 Posted by कृष्णपक्ष थापा


 साउन १७ एजेन्सी । चीनले इस्लाम धर्मावलम्बीहरुको बाहुल्यता रहेको जिनजियाङ प्रान्तमा भएका हिंसात्मक घटनामा पाकिस्तानी लडाकुहरुको संलग्नता रहेको आरोप लगाएको छ ।

तर पाकिस्तानले भने आरोपको खण्डन गर्दै आतंकवाद विरुद्धको युद्धमा चीनलाई सघाउन आफु प्रतिबद्ध रहेको बताएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानी गुप्तचर संस्था आइ एस आइका प्रमुख लेफिटेन्ट जनरल अहमद सुजा पासा चीन भ्रमणमा रहेकै बेला जिनजियाङ प्रान्तमा हिंसा भड्किएको हो।

पाकिस्तानी विदेशमन्त्रालयका प्रवक्ता तेमीना जानजुवाले आतंकवादको कुनै पनि स्वरुपलाई पाकिस्तानले सहन नसक्ने भन्दै चीन र पाकिस्तानबीचको सौहाद्रपूर्ण सम्बन्धमा जिनजियाङ प्रकरणले कुनै असर नपर्ने विश्वास व्यक्त गरेका छिन् ।

जिनजियाङ प्रान्तमा यसै हप्ता भएका हिंसात्मक घटनामा १८ जनाको ज्यान गएको थियो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates