इंग्लयान्ड विरुद्धको दोस्रो टेस्ट म्याचमा भारत ३ सय १९ रनको फराकिलो अन्तरले पराजित
Tuesday, 2 August 2011 Posted by कृष्णपक्ष थापा

 साउन १७ एजेन्सी । भारत इंग्लयान्ड विरुद्धको दोस्रो टेस्ट म्याचमा ३ सय १९ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

४ सय ७८ रनको विशाल लक्ष्य पछ्याएको भारत दोस्रो इनिङमा मात्र १ सय ५८ रनमा समेटिएको थियो । दोस्रो इनिङमा भारतको लागि सचिन तेन्दुलकरले ५६ र हरभजन सिंहले ४६ रन बनाए ।

इंग्ल्यान्डको लागि टिम ब्रेसनानले ५, जेम्स एण्डरसनले ३ तथा स्टुवार्ट बोर्डले २ विकेट लिए ।

इंग्ल्यान्ड पहिलो इनिङमा २ सय २१ रनमा समेटिएको थियो भने भारतले २ सय ८८ रन बनाएको थियो । जितसँगै इंग्ल्यान्डले ४ म्याचको शृङखलामा २–० को अग्रता लिएको छ । दुई इनिङमा गरी ८ विकेट लिएका स्टुवार्ट बोर्ड म्यान अफ द म्याच घोषित भए ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates