मिसन मिस नेपाल
Wednesday, 24 August 2011 Posted by कृष्णपक्ष थापा


स्मृति ढुंगाना, काठमाडौं, भदौ ७ - मिस नेपाल २०११ को अन्तिम प्रतिस्पर्धाको मिति नजिकिँदै गर्दा सदीक्षा श्रेष्ठ प्रतियोगीहरूलाई प्रोत्साहन गर्न व्यस्त छिन्। देशभरका १९ प्रतियोगीहरूको जिज्ञासा शान्त गर्दै मिस नेपाल सदीक्षाको समय बितेको छ। यसपटक कम समयमै धेरै प्रशिक्षण दिनुपर्ने हुँदा आयोजकले व्यस्तता बढेको जनाएको छ।

साउन २१ मा सुरु भएको प्रशिक्षणमा कोरियोग्राफर रचना गुरुङ र पूर्व मिस नेपाल श्वेता सिंहले प्रशिक्षण दिइरहेका छन्। यसपटक मनीषा विष्ट, अनुपमा गुरुङ, विष्णु चेम्जोङ, नम्रता दाहाल, प्रशंसा राणा, श्रुति पाण्डे, प्रस्मिता शर्मा, निता योगी, रञ्जिता खड्का, सरिना मास्के, दिपेन्ती श्रेष्ठ, निशा जोशी, श्रेया जोशी, निशा पौडेल, सृजना श्रेष्ठ, बिकी गड्तौला, मन्दिना बेगम, अरूणा श्रेष्ठ र प्रतिभा श्रेष्ठले सहभागिता जनाएका छन्। काठमाडौं, भक्तपुर, वीरगन्ज, झापा, धरान, पोखरा, रूपन्देही, ललितपुर, स्याङ्जा, चितवन, दाङ र धनगढीबाट उनीहरुले सहभागिता जनाएका हुन्। १९ देखि २५ वर्षका युवतीहरूको सहभागिता रहेको प्रतियोगितामा १२ वटा विभिन्न विधामा उनीहरुले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको फाइनल भदौ १३ मा हुनेछ।

आयोजक दि हिडन ट्रेजरका गोपालमान कक्षपति भन्छन्, 'यसपटक प्रशिक्षणको अवधि कम भएकोले बिहान ९ देखि साँझ ६ बजेसम्म प्रशिक्षणमै बितेको छ। पहिला ६ हप्ता हुने प्रशिक्षण यसपटक २५ दिनमा झरेको छ।'सहभागी मन्दिरा बेगमले आफ्नो समुदायले रुचि नदेखाए पनि प्रतिस्पर्धामा उत्रिएको बताइन्। 'मेरो समुदाय यस किसिमको प्रतिस्पर्धामा खासै रूचि राख्दैन। मैले मेरो समुदायको युवतीहरूलाई यसतर्फ प्रोत्साहन गर्न आएकी हुँ,' उनले भनिन्।

नेपाली संगीतमा भर्खर पाइला टेकेकी गायिका विष्णु चेम्जोङले नयाँ अनुभव बटुल्न प्रतियोगितामा सहभागी भएको बताइन्। अर्की प्रतियोगी मनीषा विष्टले भर्खरै बायोटेक्नोलोजी सिध्याएकी हुन्। 'प्रतियोगितामा सहभागी हुनु नयाँ अनुभव भए पनि म चाहिँ यसलाई प्रतिष्ठाकै रूपमा लिन्छु,' बुटिक सञ्चालक समेत रहेकी अनुपमाले भनिन्। 'समाजमा महिलाहरूको सहभागिता बढाउनु पर्छ' भन्ने धारणा राख्ने प्रशंसा ताज जित्नुलाई ठूलो कुरा मान्दिनन्। अर्की प्रतियोगी दिपेन्ती प्रशिक्षणमा नेपाली सेलिब्रिटीहरूको अनुभव सुन्न पाउँदा दंग छिन्। नागरिक

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates