सिड्नीमा गजल सन्ध्या, तिनवटा कृति विमोचन
Wednesday, 24 August 2011 Posted by कृष्णपक्ष थापा

उषा नेपाल

५ भदौ, सिड्नी । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सिड्नी च्याप्टरले मोती जयन्तीको अवसर मा सिड्नीमा भब्य गजल सन्ध्या कार्यक्रम सम्पन्न गरेको छ । गएको आईतवार अस्ट्रेलियाका लागि नेपाली राजदुत योगेन्द्र ढकालले युवा कवि मोतिराम भट्टको तस्विरमा माल्यार्पण गरेर शुरु भएको उक्त कार्यक्रममा नेपाली गजल गायन तथा वाचन भएको थियो ।

प्रवासमा बसेर श्रृजना गरिएका तीनवटा कृतिहरु विमोचन उक्त कार्यक्रमको मुख्य आकर्षण थियो । साहित्यकार रविकिरण निर्जिवद्धारा रचित ‘आत्मादान’, गजलकार प्रदिप चापागाईंको दोस्रो गजल संग्रह ‘डाँडामा जुन छ’, र निष्प्रभ सजीको सम्पादन रहेको ‘साताको साहित्य’ साहित्यीक अन्लाईन, राजदुत योगेन्द्र ढकालले सार्वजनिक गरेका थिए ।

साहित्यकार निर्जिवले पुस्तक आत्मदानमा आफ्नो शिक्षक जीवन, साथीभाईहरु, समाज, राजनीति र सांस्कृतिक विषयवस्तुलाई समेटेका छन् । यो पुस्तकमथिको समिक्षा महेन्द्र पौडेलले गरेका थिए । यस्तै गजलकार चापागाईंका गजलहरुमा प्रवासको संघर्षपूर्ण जीवन, नेपालको सामाजिक तथा राजनीतिक घटनाक्रम र मायाप्रेमका प्रसंगले प्रमुखता पाएका छन् । यो संग्रहका गजलहरुको समिक्षा अर्जुनमणी पौडलले गरेका थिए ।साहित्यकार निष्प्रभ सजीले संचालनमा ल्याएको साताको साहित्य अन्लाईनले साहित्यका विभिन्न विधाहरुलाई अनलाईनमार्फत सार्वजनिक गर्ने जमर्को गरेको छ ।

सिड्नीमा रहेका स्थानिय कलाकारहरु, मदन लेप्चा, समिर ढुङ्गेल, गोपी दवाडी, राजकुमार पौडेल तथा श्रद्धा पोखरेलले आˆनै संगित संयोजनमा विभिन्न नेपाली गजलहरु गाएका थिए । यस्तै, देव पाठक, निष्प्रभ सजी, सुरजदेव श्रेष्ठ, सुरेन्द्र दवाडि, प्रदिप चापागाईं, प्रमेश कडेंल, अच्युत वाग्ले, सन्ध्या शाह, संजिव पाण्डे, लगायतका सर्जकले गजल वाचन गरेका समाजका उपाध्यक्ष कुमार गिरीले अनलाईन खबरलाई जानकारी दिए ।

उक्त गजल सन्ध्यामा न्यु साउथ वेल्सका लागि बणिज्यदुत दिपक खड्का, एनआरएन आईसिसि सल्लाहकार इन्द्रा वन, ओसिनिया संयोजन गोवा कटुवाल, एनआरएन आईसिसि युवा संयोजक भवानी ओली, एनआरएनका उपाध्यक्ष्य प्रेम सापकोटा र महसचिव महेन्द्र ओलीको उपस्थिति रहेको थियो । यस्तै तमुसमाजका देव गुरुङ, नारी निकुन्जकी रन्जु थापा र सुमित्रा विष्ट, न्युरेडिपका रमेश पाण्डे, निम्फाका गणेश तामाङ, लोकतान्त्रिक नेपाली मञ्चका हरी लामिछाने, जन प्रगतिसिल मञ्चका प्रविण कडेल, जन संम्पर्क समितिका सन्तोस सिटौलाको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष ऋषि आचार्यको स्वागत मनतब्यवाट शुरु भएको उक्त कर्यक्रमको संचालन भिमसेन सापकोटा सानु घिमिरे र सुरेन्द्र दवाडीले गरेका थिए । समाजले दुई महिना अघि सिड्नीमा अष्ट्रेलिया ब्यापि कविता महोत्सव गरेको थियो ।











कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates