काली गण्डकी किनारमा बेवारीसे शव
Tuesday, 2 August 2011 Posted by कृष्णपक्ष थापा

चन्द्रश्वर बस्ताकोटी
 साउन १७ मुस्ताङ। मुस्ताङको लेते गाबिस घम्पु बगरमा मंगलबार एक बेवारीसे शव भेटिएको छ  । कालिगण्डकीको किनार लेते गाविसको धम्पुमा अन्दाजी ५० वर्षिय पुरुषको शव भेटिएको हो।

पहिचान हुन नसेको सो शवको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्ट मार्टम गरी स्थानीय गाविसको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मृत अवश्थाको उक्त सब केही दिन अगाडी नै कालीगण्डकी  नदिले बगाएको हुन सक्ने आशका गरिएको प्रहरी निरिक्षक राममणी उप्रेतीले बताउनु भयो ।

 मृत अवश्थाको उक्त सव का केहिभाग कुहिएको र कतिपय अगंका भागहरु कुकुर, गिद्धले लगेको हुन सक्ने स्थानिय बासीन्दाको भनाइ छ । 

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates