मिस नेपालको ताज मलिनालाइ
Tuesday, 30 August 2011 Posted by कृष्णपक्ष थापा

यस वर्षको मिस नेपालको उपाधी सुनसरीकी मलीना जोशीको पोल्टामा गएको छ ।

यदि महिलाहरुले मात्र यो विश्वमा राज्य गर्ने मौका पाए भने २०५० सम्म यो विश्व के हुन्थ्यो होला भन्ने प्रश्नमा जोशीले दिएको गर्विलो जवाफले उनलाई मिस नेपालको ताज दिलाएको थियो ।

‘विश्व महिलाहरुको हातमा गए हैन, गैसक्यो’ भन्दा त्रिभुवन आर्मी अफिसर्स क्लबमा उपस्थित दर्शकले ताली बजाएर स्वागत गरेका थिए । उपाधीसँगै उनले ५० हजार नगद र यही वर्ष आयोजना हुने मिस वल्र्डमा नेपालको प्रतिनिधीत्व गर्ने मौका पाएकी छिन् ।

यस्तै, मिस नेपाल २०११ को फस्टरनरअपको ताज चितवनकी अनुपमा गुरुङले जितेकी छिन् । सेकेन्ड रनरअपको उपाधी पनि चितवनकी सरिना मास्केको पोल्टामा गयो । यो वर्षदेखि मिस नेपालमा थर्ड र फोर्थ रनरअप पनि थपिएको छ । थर्ड रनरअपमा मनिषा विष्ट चयन भईन् भने फोर्थ रनरअपको उपाधि नेहा पौडेलले जितेकी छिन् ।




प्रतियोगितामा विभीन्न ८ टाईटल अवार्ड पनि वितरण गरिएको थियो । जसमा मिस व्युटिफूलको उपाधी अनुपमा ओरा गुरुङ, फोटोजेनिक मनिषा विष्ट, व्यूटिफूल स्माईल प्रतिभा श्रेष्ठ, पर्सनालीटी नम्रता दाहाल, व्युटिफूल कम्प्लेक्सन निता योगी, ट्यालेन्ट विष्णु चेमजोङ, पि्रजरभेन्ज मदिना वेगम र मिस पपुलर च्वाईसको अवार्ड नेहा पौडेलको पोल्टामा गयो । टाईटल अवार्डमा विजेताहरुले नगद १० हजार प्राप्त गरे ।

प्रतियोगितामा ११ जना निर्णायकहरु रहेका थिए । जसमा जेनिशा मोक्तान, व्रमि प्रधान, योगेश्वर अमात्य, राजेन्द्र वजगाई, शैलजा अधिकारी, श्रृजना राणा, दीपक खरेल अजयभद्र खनाल, मनिषा कोईराला र क्रृतुसिं वैद्य रहेका थिए ।

कार्यक्रममा विभीन्न सांगीतीक प्रस्तुती समेत राखिएको थियो । यो वर्षको मिस नेपालमा देशका विभीन्न भागवाट १९ जना प्रतियोगीहरु सहभागी भएका थिए । प्रतियोगीतामा सहभागी प्रतियोगीहरुमा प्रँश्मीता शर्मा, निशा जोशी, मनिषा विष्ट, नम्रता दाहाल, नेहा पौडेल, प्रशंसा राणा, मलिना जोशी, श्रृजा श्रेष्ठ, प्रतिभा श्रेष्ठ, अरुणा श्रेष्ठ, दिपेन्ती श्रेष्ठ, मदिना वेगम, रजिता खड्का, विष्णु चेमजोङ, सरिना मास्के, विक्की गर्तौला, निता योगी र अनुपमा गुरुङ रहेका थिए । सन् १९९४ सालमा काठमाण्डौ जेशिशले सुरु गरेको यो प्रतियोगीता सन् १९९६ देखि द हिडेन ट्रेजरले गर्दै आएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates