बेल्जियम,
वेल्जियमको राजधानी ब्रसेल्समा नेपाली महिलाहरुको महान चाड हरि तालिका ( तिज )पर्वको उपलक्ष्यमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदुताबास बेल्जियमका महामहिम राजदुतको (परिवार ) श्रीमति संगिता हमालले प्रमुख अतिथिको तर्फबाट मैन बत्ती बालेर उदघाटन गर्नु भएको सो कार्यक्रममा एन आर एन बेल्जियम आइ सी सी सदस्यद्धय अर्जुन कुमार श्रेष्ठ पिजी शेर्पा ,अध्यक्ष जानकी गुरुङ्घ , एन आर एन युरोप सह संयोजक रबिनद्र मान श्रेष्ठ लगायत बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपश्थिति रहेको थियो । भने नेपालबाट बेल्जियममा धार्मिक कार्यक्रम गर्न आउनु भएका प. दिनबन्धु पोखरेलले कार्यक्रमको मध्य भागमा तिजका सन्दर्भमा छोटो विचार समेत राख्नु भएको थियो ।उतm कार्यक्रममा ३०० भन्दा बढि संख्यामा नेपाली तथा गैर नेपालीहरुको उपश्थिति थियो । सो कार्यक्रममा आयोजक समितिका महिला तथा अन्य सहभागी महिलाहरु नेपाली भेषभुषामा सजिएर विभिन्न नेपाली खानाका परिकारहरुको स्वादमा रमाउदै नेपाली तिजका गितहरुमा महिला तथा पुरुषहरु नांचगान गरि तिज पर्वको महिमालाई स्मरण गराएका थिए । प्रवासमा आएर पनि ने पाली नारीहरुको महान चाड हरितालिका तिज पर्व हर्षोउल्लासका साथ मनाउन पाउंदा अपसी सहयोग, सदभाब र सम्बन्धको विकास हुने कुरामा सहभागी सबैले गौरबको अनुभुति व्यत गरेका थिए । उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि आर्थिक सहयोग
गर्नुहुने सहयोग दाताहरु
कमल भारती ( ब्रुगे ) — २०० युरो,
ब्रसेल्सबाट उत्तम गौतम—२०० युरो ,
भीम सुवेदी — २०० युरो,
कृष्ण तिवारी—१०० युरो,
जित बहादुर लामा—१०० युरो,
दधिराज घिमिरे —१०० युरो,
लिलाधर पन्त —५० युरो,
ललित जुग्जाली मगर —५० युरो,
टिकाकुंवर —५० युरो, विमल गिरी — ५५ युरो, रेशम ब. क्षेत्री र वेन चौहान बाट —५० युरो, राजा राम पोखरेल—२५ युरो , कर्ण बहादुर वि.क —२५ युरो, जगत कुंवर—२५ युरो , कमल पौडेल —२५ युरो , राजेन्द्र गुरु¨ —२५ युरो र नर्वेमा बस्नु भएका प्रेम परियार बाट —३० युरो तथा खानपिनको व्यवस्थापनमा अहोरात्र खट्नु भएका घनश्याम शर्मा, कर्ण वि.क, ललित जुग्जाली मगर, र भान्सा तर्फ अर्जुन मगर , धन बहादुर चर्मकार, नविन कार्की, विनोद महर्जन, लक्ष्मी महर्जन,प्रशन्न ठकुरी, प्रशान्त श्रेष्ठ, भानु अर्याल नारायण लोहोनीे, सन्तोस सेरचन नेत्र मगर हरुमा तिज आयोजक समितिले कार्यक्रममा सबै खालको सहयो गप्रति हार्दिक धन्यवाद व्यतm गरेकोे थियो । सो कार्यक्रममा बृद्ध महिलाको तर्फबाट योशोदा गुभाजुलाई आतिथ्यता गराइएको थियो । उक्त कार्यक्रमको अध्यक्षता आयोजक समितिकी संयोजिका सरास्वती सुवेदीले गर्नु भएको थियो भने संचालन दुर्गा तिवारीले गर्नु भएको थियो।




