पार्टीभित्र एकलौटी र स्वेच्छाचारी ढंगमा हिड्ने अधिकार कसैलाई छैन: केपी ओली
साउन १७ भक्तपुर। नेकपा एमालेका नेता केपी ओलीले पार्टी अध्यक्ष झलनाथ खनाललाई माओवादी नीतिमा चल्ने प्रधानमन्त्री भएको आरोप लगाउनु भएको छ।
प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा उहाले खनालले एमाले स्थायीको कमिटीको निर्णय नमानी माओवादीको निर्णय मानेर पार्टीमा स्वेच्छाचारी प्रदर्शन गरेको आरोप समेत लगाउनु बह्यो । 'एमाले अध्यक्ष माओवादी निर्णयको पछि लागेर हिड्छन् भन्ने व्यवहारिक उदाहरण हो यो,' उहाले भन्नु भयो ।
पार्टीभित्र एकलौटी र स्वेच्छाचारी ढंगमा हिड्ने अधिकार कसैलाई नभएको बताउँदै उहाले साउन २८ मा राजीनामा दिन्छु भन्नु शब्द जालमात्र रहेको बताउनु भयो । 'तीन महिनामा केही गर्न नसक्नेले २८ गतेसम्म सबै गर्छु भन्नु शब्दजालबाहेक केही होइन,' उहाको भनाइ छ ।




