अंश विवादका कारण दाईद्वारा भाईका पुरै परिवारको हत्या
साउन १७ सर्लाही।अंश बिबादको कारण दाई भाई बिच भएको बिबादमा गएराति सर्लाहीको पडरीया गाबिस वडा नम्बर ९ शिवनगर टोलमा दाईले भाईको पुरै परिवारको हत्या गरेका छन् । अंशको बिबाद परेको र राति सुतेको समयमा दाई राजेन्द्र साहले ४० बर्षिय भाई रामेश्वर साह, उहाँकी पत्नी सुरखिया देवी र ९ बर्षकी छोरी खुश्वुको हत्या गरेको छ ।
हत्या लगतै मृतकका दाजु राजेन्द्र साहको पुरै १२ जनाको परिवार बेपत्ता भएका छन् । अशं बिबादका कारण झगडा भएको र रामेश्वर आफ्नो पुरा परिवार सहित एउटै कोठामा सुतेको समयमा दाई राजेन्द्र र उनका दुई छोरा सुरेश साह र नरेश साहले धारिलो हतियार प्रहार गरी रामेश्वरको पुरै परिवारको हत्या गरेको प्रहरी उपरीक्षक मोहनराज जोशीले बताउनु भएको छ । हत्या गरेर घर छेउ भएर बगिरहेको लखनदेही नदीमा तिनीहरुको शवलाई बगाएको प्रहरीले जनाएको छ ।
तिनीहरुको हत्या राति करिव १२ बजेको समयमा भएको छिमिकीहरुले बताएका छन् । नदीमा बगाएको ३ शव मध्य सुरखियाको लाश घटना स्थलबाट करिब ३ किलो मिटर दक्षिण पर्ने सुन्दरपुर गाउँ नजिकको नदीमा फेला परेको छ ।
अन्य दुईको लाश अहिले बरामद हुन सकेको छैन् ।




