सरकारको नीति कमजोर रहेका कारण देश सङ्कटमा परेको पूर्व युवराज पारशको आरोप
साउन २० भक्तपुर। पूर्व युवराज पारस शाहले सरकारको नीति कमजोर रहेका कारण देश सङ्कटमा परेको बताउनुभएको छ ।
भक्तपुरमा शुक्रबार सञ्चारकर्मीसंग कुरागर्दै पारशले देशको खस्किँदो अवस्थाका कारण आफू चिन्तित रहेको बताउनुभयो ।
उहाँले सरकारको नीति नराम्रो भएकाले देशको राजनीति र आर्थिक अवस्था खस्किएको आरोप लगाउनुभयो ।




