साउदीमा मृत्यु भएको चार महिनामा पनि शव आएन
Friday, 5 August 2011 Posted by कृष्णपक्ष थापा

 साउन २० ।सर्लाही सासापुरका एक युवकको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको चार महिना बितिसक्दा पनि शव नआएकोमा परिवारजन चिन्तित भएका छन् । सासापुर वडा नं. ४ का ३५ वर्षका रमेश पाख्रिन रोजगारका लागि साउदी गएको पाँच महिना नपुग्दै मृत्यु भएको र मृत्यु भएको चार महिना बितिसक्दा पनि मृतकको शव सम्बन्धित कम्पनीले नपठाएको तथा क्षतिपूर्तिका सम्बन्धमा कुनै चासो नदिएको परिवारजनको आरोप रहेको छ ।

 पाख्रिन गत २०६७ मंसिरमा रोजगारीका क्रममा साउदीको क्याप आरबी हिटन कम्पनीमा स्काप फोल्डरका लागि काममा जानु भएको थियो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates