बहुदलिय जनवादवाट अगाडि बढ्न पार्टी कार्याकर्ताहरुलाई एमाले पोलिट्व्युरो सदस्य अधिकारीको निर्देशन
Friday, 5 August 2011 Posted by कृष्णपक्ष थापा

राजेन्द्र न्यौपाने
 साउन  २० गोरखा । ने.क.पा.(एमाले ) का पोलिट्व्युरो सदस्य खगराज अधिकारीले हुदलिय जनवादबाट अगाडि बढ्न पार्टी कार्याकर्ताहरुलाई निर्देशन दिनुभएको छ।  शुक्रबार ने.क.पा.(एमाले) जिल्ला कमिटि गोरखाद्वारा आयोजित प्रथम जिल्ला प्रतिनिधि परिषद बैठकमा सम्बोधन गर्नुहुँदै उहाले यस्तो बताउनु भएको हो ।

गोरखाका विभिन्न समितिका एकसय १६ जना अध्यक्षहरु सहभागी उक्त कार्यक्रममा एमाले पार्टी गोरखामा अरुपार्टी भन्दा शक्तिशाली बन्नुपर्ने बताउनुभयो । २०५४ साल तिरको जस्तो एमाले पार्टी बनाउनुपर्ने बताउँदै माओवादीका कार्यकर्ताहरुसँग गाउँ तहमा जुध्नुपर्ने उहाँले बताउनुभयो ।

माओवादीका ज्यादतीका विरुद्ध निरन्तर लड्न कार्यकर्ताहरुलाई निदेर्शन दिँदै उहाँले बैचारिक बहसबाट अगाडि जान आग्रह गर्नुभयो ।कार्यक्रम एमाले नेता भिम कार्की, सोमनाथ अधिकारी, जगत वि.क.,टुका हमाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

एमाले गोरखाका अध्यक्ष रामशरण बस्नेतको अध्यक्षतामा सम्पन्नउक्त कार्यक्रमको सञ्चालन पार्टी सचिव सम्झना देवकोटाले गर्नुभएको थियो । कार्यक्रम जिल्ला विकास समितिको सभाहल गोरखामा भएको थियो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates