राजनीतिक स्तरबाट शान्ति प्रक्रियाका मुलभुत बिषय टुङगाउने सहमति
Friday, 5 August 2011 Posted by कृष्णपक्ष थापा

 साउन २० काठमाडौं । माओवादी अस्थायी शिविरमा रहेका लडाकुको पुस्थापना र समायोजन लगायतका बिषयमा राजनीतिक स्तरबाट छलफल गरेर टुङगो लगाउने सहमति प्रमुत तीन दलका नेताहरुवीच भएको छ ।

सिंहदरबारस्थित शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा शुक्रबार  बसेको एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले शान्ति प्रक्रिया अन्तर्गतका प्राविधिक र प्रशासनिक लगायतका बिषयलाई राजनीतिक स्तरबाट निर्णय गरेर टुङगो लगाउने सहमति गरेको हो । बैठकमा शान्ति प्रक्रिया अन्तरगत भएका हाल सम्मका कामकारबाही र गतिविधीका बिषयमा शीर्ष नेताहरुलाई जानकारी गराईएको थियो ।

बैठक पछि सञ्चारकर्मीसंग कुरागर्दै कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले लडाकुको समायोजन, पुनस्थापना, रिग्रुपिङ, संख्या लगायतका बिषयमा बिशेष समितिका सदस्यहरुले जानकारी गराएको बताउनुभयो । उहाँले शान्ति प्रक्रियामा हालसम्म भएको गतिविधी र कामकारबाही सन्तोषजनक रहेको भन्दै यसले सहमति र निकासका लागि सहयोग मिल्ने बताउनुभयो ।

त्यसै गरेर कांग्रेस नेता पौडेलले लडाकुको समायोजनका लागि र्याङकी, संख्या लगायतमा केही लचिलो हुन सकिने बताउनुभएको छ ।

एकीकृत माओवादीका नेता तथा बिशेष समिति सदस्य जनार्दन शर्माले लडाकुको पुनःस्थापना, समायोजन हुनेको संख्या, रिगु्रपिङ, शैक्षिक अवकास, राहतको प्याकेज लगायतका बिषयलाई राजनीतिक स्तरबाट टुङगो लगाई शान्ति प्रक्रियाका काम अघि बढाउने सहमति भएको जानकारी दिनुभयो ।

एमाले नेता भीम रावलले पनि प्रशासनिक र प्राविधिक तहबाट मिलाउनुपर्ने बिषयमा छलफल भएको भन्दै राजनीतिक तहबाट निकास निकाल्ने बताउनुभएको छ । शान्ति प्रक्रियाका सम्बन्धमा साउन २८ गते भित्र ठोस निर्णय हुन नसके राजीनामा दिने बताउनुभएका प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रियालाई तदारुकताका साथ अघि बढाउन गृह कार्य थाल्नुभएको छ ।

बैठकमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates