३० लाख बराबरको चामल सिमा क्षेत्रमा भारतिय प्रहरीद्धारा पक्राउ
Saturday, 27 August 2011 Posted by कृष्णपक्ष थापा

नारयण सापकोटा, नवलपरासी भदौ १० गते,

भारतबाट अबैध रुपमा नवलपरासी भित्राउन लागीएको करिब ३० लाख मुल्य बराबरको चामल , लोड गरिएको सवारी साधन सहित भारतिय प्रहरीेले पक्राउ गरेको छ । भारतीय बजारबाट नवलपरासी जिल्ला भित्राउन लागीएको सो मुल्य बराबरको १८ गाडी चामल जिल्लाको भुजहवा नाकांको सिमावर्ती क्षेत्रबाट भारतिय ठुठुबारी प्रहरीको टोलीले पक्राउ गरेको हो । भारतका बिभिन्न बजारबाट नवलपरासी भित्राउन लागीएको सो ठुलो परिमाणको चामल जिल्लाको सिमावर्ती भुजहवाको भारतिय सिमा लक्ष्मीपुर र गडैराको सिमाबाट भारतिय प्रहरीको टोलीले पक्राउ गरेका थियो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates