एनआरएनए आईसीसी कतार विभागको युवा संयोजकमा उमेश अधिकारीको उम्मेदवारी
रवि / रोषी दोहा, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको कतार विभाग युवा संयोजकमा उमेश अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । विगतको ३ बर्ष देखि एनआरएनमा आवद्ध भई कतार च्याप्टरको केन्द्रिय सचिवालय सदस्य रहेर आफ्नो भूमिका निर्वाह गर्दै आएका अधिकारी कतारका विभिन्न सामाजिक संस्थाहरुमा पनि आवद्ध छन् । कतारमा आपत्मा परेका पिडित नेपालीहरुलाई टिकट उपलव्ध गराउने काम देखि विभिन्न संस्थाहरुलाई समेत आर्थिक तथा भौतिक सहयोग उपलव्ध गराउँदै आएका व्यवशायी अधिकारी नेपाली व्यवशायी संघ कतारको सचिव पदमा पनि रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए ।
समाजसंग नजिक भएर धेरै अनुभव बटुलेको बताउने उनी गैर आवासीय नेपाली संघ दोहा कतारको आसन्न अधिवेशन तथा नयाँ कार्य समिती चयनक्रममा उनले युवा संयोजकमा उम्मेदवारी दिएका हुन् । कतार स्थित विभिन्न समाजसंगको निकटताबाट बटुलेको अनुभवले आफु त्यो पदमा सही भूमिका निर्वाह गर्न सक्ने दक्षता बटुलेको बताउँदै एनआरएन कतारको कतार विभागको युवा संयोजक पदमा आगामी दिनहरुमा आफुले विजयी भएर पदीय दायित्व राम्रो संग निभाउन सक्ने बताए । आशा छ , तपाईंहरुले मलाई सहयोग गर्नुहुनेछ, उनले अन्त्यमा भने ।