प्रेम सम्बन्ध राखेको निहुँमा हत्या
Thursday, 25 August 2011 Posted by कृष्णपक्ष थापा

तुफान न्यौपाने, जुम्ला, भदौ ९- छोरीको बिहेपछि पनि प्रेम सम्बन्ध कायमै राखेको भन्दै कालीकोटमा एक युवकको हत्या भएको छ। नानीकोट-४ का जयवीर टमाटालाई उनकै पूर्व प्रेमिकाको परिवारले हत्या गरी कर्णाली नदीमा फ्याँकेको प्रहरीले जनाएको छ। टमाटाको स्थानीय अंखीपुरा सार्कीसँग तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। गएको असारमा सार्कीका परिवारले अंखीपुरालाई अछाममा जबर्जस्ती विवाह गरिदिएपछि पनि प्रेम सम्बन्ध कायमै रहेको थाहा पाएपछि टमाटाको हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले अंखीपुराका बाबु मान सार्की, भाइ परेग सार्की, काका जय सार्की, नातेदार कल सार्की र समला सार्कीलाई पक्राउ परेको छ। अंखीपुरालाई पनि पक्राउ गरेकोसई जयबहादुर थापाले जानकारी दिए। गएको साउन २९ गते राति दुई युवतीले टमाटाको घर गई बोलाएर लगेको र सबैले मिलेर हत्या गरेको प्रहरीको दाबी छ। प्रारम्भिक अनुसन्धानबाट ज्याबेल, खुकुरी र चक्कु प्रयोग गरी हत्या भएको देखिएको प्रहरीले जनाएको छ।

टमाटाको शव कर्णाली नदीमा फ्याँकेका कारण नभेटिए पनि अभियुक्त सबैले दोष स्वीकार गरिसकेको सई थापाले बताए। मृतक टमाटाका बाबुले १३ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर गरेका छन्। पक्राउ परेकाबाहेक ७ जनाको खोजी भइरहेको प्रहरी निरीक्षक दिलबहादुर मल्लले जानकारी दिए।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates