अन्तरमिडिया कप फुटबल प्रतियोगितामा आजका चार ओटा खेल सम्पन्न
Tuesday, 2 August 2011 Posted by कृष्णपक्ष थापा

अशोक महत
 साउन १७ धुलिखेल।  काभ्रेको इतिहासमै पहिलो पटक बनेपामा  अन्तरमिडिया कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। 

बनेपाको चाइना टाउन खेल मैदानमा आजको सम्पूर्ण खेल सम्पन्न भएका छन्। सम्पन्न पहिलो खेलमा प्राइम एफएमले रेडियो एबिसीलाइ ४–२ गोल अन्तरले पराजित गतेको छ भने दोश्रो खेलमा खबर चौतारीले सुनकोशीलाइ ६–१ गोल अन्तरले पराजित गरेको छ। 

यस्तै सम्पन्न तेश्रो खेलमा मध्यपुर्बले ग्रेस एफएमलाई ४–२ गोल अन्तरले पराजित गरेको छ।  यस्तै आजको अन्तिम खेल अन्तर्गत नवक्षितिज साप्ताहिक तथा चेष्टा साप्ताहिक बीचको खेल भने ३–३ गोलको बराबरीमा सकिएको छ। भोलि पनि चार ओटा खेल हुदै छन्।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates