गोरखामा खोर्यात रोगले ८३ पशु चौपाया मरे
Tuesday, 2 August 2011 Posted by कृष्णपक्ष थापा

राजेन्द्र न्यौपाने
 साउन १७ गोरखा । गोरखा जिल्लाको खरीबोट गाउँ विकास समितिमा विगत एक हप्तादेखि फैलिएको खोर्यात रोगका कारण ८० चौपायाहरु मरेको जिल्ला पशु सेवा कार्यालय गोरखाका प्रमुख जीव लाल लम्सालले बताउनुभयो । लमजुङ जिल्लाको दुधपोखरी गाउँ विकास समितिमा यस अघि खो¥यात रोग फैलिएको र सोही रोग तल झदै गोरखाका खरीबोट र हंसपुर गाउँ विकास समितिमा आएको हुनसक्ने कार्यालयले अनुमान गरेको छ ।

पशु सेवा कार्यालको दाश्रो टोली त्यस तर्फ भ्याक्सिन लिएर गएको लम्सालले जानकारी दिनुभयो । कार्यालयले दिएको जानकारी अनुसार ठूला चौपाया ३ र साना चौपाया ८० मरेको हो । यता किसानहरुले भने गाउँमा तीन सय भन्दा बढी चौपायाहरु मरेको बताएका छन् । 

ज्ञानज्योति उच्च माध्यमिक विद्यालयका प्राचार्य परशुराम अधिकारीका अनुसार खरिबोट गा.वि.स र हंसपुर गा.वि.स.का तीन सय भन्दा बढी चौपायाहरु मरेका छन् । भाइरसले आक्रमण गरिसकेकाले उपचार सम्भव नभएको र रोग नलागेका क्षेत्रमा थुनछेक मात्र गर्न सकिने पशु कार्यालयका पशु चिकित्सक डा. रुपेश श्रेष्ठले बताउनुभयो ।

त्यस क्षेत्रमा सो रोगबाट १२ सय भन्दा बढी पशुहरु प्रभावित भएको पशु कार्यालयका अर्का कर्मचारी कपिल कट्टेलले जानकारी दिनुभयो ।किसानहरुलाई चरम समस्या पर्दा समेत पशु कार्यालयले सहयोग नगरेको किसानहरुले आरोप लगायका छन् । एउटै घरको पाँचवटा सम्म भैसीहरु मरेको स्थानीय अर्का शिक्षक कृष्ण अधिकारीले जानकारी दिनुभयो । पशु कार्यालयले समयमा भ्याक्सिन पनि नदिएको र भ्याक्सिन किन्नु परेको किसानहरुको गुनासो छ ।

जिल्लामा यति धेरै संख्यामा पशु चौपाया खो¥यात रोगका कारण मरेको पहिलो घटना भएको पशु सेवा कार्यालय गोरखाले जानकारी दिएको छ । 

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates