माओवादी मन्त्रीहरुको सपथ ग्रहणपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्दै
Thursday, 4 August 2011 Posted by कृष्णपक्ष थापा

साउन १९ काठमाण्डौ । माओवादी मन्त्रीहरुको सपथ ग्रहणपछि आज पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय िसंहदरबारमा जारी बैठकमा नवनियुक्त मन्त्रीहरुले आफ्ना मन्त्रालयका बारेमा गर्ने सुधारका एजेण्डा पेश गर्ने कार्यक्रम छ । नियमित बैठक पनि भएकाले विभिन्न मन्त्रालयका एजेण्डाका विषयमा छलफल गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठकमा देशको सुरक्षा अवस्था र सरकारको नियमित कामको समीक्षा हुने बताइएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates