राष्ट्रपति छनोटका लागि सीगापुरमा अगष्ट २७ मा नयाँ निर्वाचन गर्ने तयारी
Wednesday, 3 August 2011 Posted by कृष्णपक्ष थापा

साउन १९ सीगापुर । सीगापुरमा आगामी अगष्ट २७ मा राष्ट्रपतिको निर्वाचन हुने भएको समाचार छ ।सीगापुरको सरकारले अगष्ट २७ मा राष्ट्रपतिको छनोटका लागि नयाँ निर्वाचन गर्ने तयारी गरिरहेको जानकारी आज दिएको छ ।सीगापुरका राष्ट्रपति एसआर नाथनले आगामी कार्यकालका लागि आफु उमेदबार नहुने इच्छा व्यक्त गर्नुभएको बताइएको छ । यसअघि नै दुई कार्यकाल राष्ट्रपति बनिसकेको उहाँले आगामी तेस्रो पटकको कार्यकालका लागि इच्छा व्यक्त नगर्नुभएको उहाँका सहयोगीहरुले बताएका छन् ।सीगापुरका राष्ट्रपतिको पद आलङ्कारिक सेरेमोनियल हुने गर्दछ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates