राजनीतिक निकासको लागि ताजा जनादेशमा जानुपर्ने : कमल थापा
साउन २२ महोत्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशको राजनीतिक निकासका लागि ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउनुभएको छ ।
महोत्तरीको बर्दिबासमा आइतबार स्थानिय सञ्चारकर्मीसंग कुरागर्दै थापाले देश सङ्कटको चक्रब्यूहमा फसेको बेला संविधानसभाको म्याद थप्न नहुने बताउनुभयो । उहाँले यथास्थितिले नै बढवा नपाउने हुँदा ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउनुभएको छ ।
राप्रपा–नेपालले संविधान निर्माणका लागि दबाब बढाउन भदौ १ गतेदेखि जनदबाबका कार्यक्रम आयोजना गर्ने समेत चेतावनी दिनुभएको ।





