बाबुरामले कांग्रेस कार्यकर्ता कुटाए: नेता देउवा
Friday, 5 August 2011 Posted by कृष्णपक्ष थापा

 साउन २० गोरखा  ।नेपाली कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादी उपाध्यक्ष बावुराम भट्टराईले कार्यकर्ता लगाएर कांग्रेस कार्यकर्ता माथि आक्रमण गर्ने गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।


गोरखामा शुक्रबार   आयोजीत कार्यक्रममा नेता देउवाले बाबुराम भट्टराई अन्य नेताहरु भन्दा प्रजातन्त्रवादी भएको देखाएपनि भनाई र व्यवहार फरक रहेकाले उहाँ दुई जिब्रे नेता भएको आरोप लगाउनु भयो ।


कांग्रेस नेता देउवाले बाबुरामको भनाइ र ब्यवहारमा फरक फरक चरित्र रहेको बताउनुभयो । उहाँले माओवादी उपाध्यक्ष बाबुरामको निर्देशनमा कांग्रेसका कार्यकर्ता माथि आक्रमण हुने गरेको आफुले थाहा पाएको भन्दै आक्रोश ब्यक्त गर्नुभएको थियो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates