कक्षा १२ विज्ञान विषयको परीक्षाफल प्रकाशन
Thursday, 4 August 2011 Posted by कृष्णपक्ष थापा

साउन १९ काठमाडौँ । उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्वारा २०६८ साल वैशाख-जेठ महिनामा साचालित कक्षा १२ को विज्ञान विषयको परीक्षाफल आज प्रकाशन गरिएको छ ।परीक्षामा नियमिततर्फ २५ हजार ६९१ जना परीक्षार्थी सहभागी रहेकामा १८ हजार ९६ जना अर्थात् ७०.४५ प्रतिशत उत्तीर्ण भएका छन् ।यसैगरी आंशिकतर्फ चार हजार १९२ जना विद्यार्थी परीक्षामा सामेल भएकामा दुई हजार ४०५ जना अर्थात् ५७.३७ प्रतिशत उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।सो परीक्षाफल परिषद्को वेबसाइट www.hseb.edu.np र नेपाल टेलिकमको वेबसाइट www.result.ntc.net.np मा हेर्न सकिने बताइएको छ ।साथै सो परीक्षाफल आप्का नेपाल मिराकल इन्फोकम जानकी टेक्नोलोजी र फोकसवानमा एसएमएस गरेर पनि प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।परिषद्ले उत्तीर्ण परीक्षार्थीको ट्रान्सकि्रप्ट माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रहरु एक हप्तापछि उपलब्ध गराइने जनाएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates