ब्ल्याकबेरी फोन निर्माताकम्पनी रिमले २ हजार कर्मचारी कटौती गर्ने
Tuesday, 2 August 2011 Posted by कृष्णपक्ष थापा


ब्ल्याकबेरी फोन निर्माता रिसर्च इन मोसन रिमले कम्पनी पुर्नसंरचनाका लागि कम्पनीको २ हजार कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीले प्रक्षेपित नाफा गर्न नसकेको खर्च कटौती गर्नका लागी कर्मचारी हटाउने निर्णय गरेको हो ।

क्यानडा मुख्यालय रहेको यो कम्पनीका ११ प्रतिशत कामदारले रोजगारी गुमाउने भएका छन्। प्रमुख साचालन अधिकृत डोन मरिसन पनि योजनाअनुसार पदमुक्त हुने कम्पनीले जनाएको छ । स्मार्टफोनको बजारमा एप्पल र गुगलको एन्ड्रोइड अगाडी आएपछि ब्ल्याकबेरी समस्यामा परेको हो । 

दूई महिनाअघिनै कम्पनीले ब्ल्याकबेरीको बिक्रीमा कमी आएकाले नाफा घट्ने जनाएको थियो । कम्पनीको सेयर पछिल्लो एक वर्षमा ५० प्रतिशतले घटेको छ । कम्पनीले पछिल्लो तीन महिनामा ६९करोड ५०लाख डलर खुद नाफा गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीको नाफा ७६करोड १० लाख डलर थियो ।

कम्पनीले प्रक्षेपित नाफा गर्न नसकेको खर्च कटौती गर्नका लागी कर्मचारी हटाउने निर्णय गरेको हो ।क्यानडा मुख्यालय रहेको यो कम्पनीका ११ प्रतिशत कामदारले रोजगारी गुमाउने भएका छन्।प्रमुख साचालन अधिकृत डोन मरिसन पनि योजनाअनुसार पदमुक्त हुने कम्पनीले जनाएको छ । स्मार्टफोनको बजारमा एप्पल र गुगलको एन्ड्रोइड अगाडी आएपछि ब्ल्याकबेरी समस्यामा परेको हो ।

दूई महिनाअघिनै कम्पनीले ब्ल्याकबेरीको बिक्रीमा कमी आएकाले नाफा घट्ने जनाएको थियो । कम्पनीको सेयर पछिल्लो एक वर्षमा ५० प्रतिशतले घटेको छ । कम्पनीले पछिल्लो तीन महिनामा ६९करोड ५०लाख डलर खुद नाफा गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीको नाफा ७६ करोड १०लाख डलर थियो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates