सुटिङमा मन पराएँ माया लाएँ
Wednesday, 31 August 2011 Posted by कृष्णपक्ष थापा

काठमाण्डौ, २०६८ भाद्र १५, बिहिवार

गीतबाट चलचित्रको नामाकरण गर्ने परम्परा त अब नयाँ रहेन । पछिल्लो समय धेरै चलचित्रको नाम चर्चित गीतबाट नै जुराइदै आएको छ । अझ यति सम्मकी एउटै गीतमा समाबेश शब्दबाट धेरै चलचित्रको नाम जुराइएको छ । यहि क्रमलाई निरन्तरता दिएका छन् निर्देशक प्रमोद भण्डारीले ।

एकनारायण भण्डारीको शब्द संगीतमा अध्याय एल्बमका लागी अन्जु पन्तले गाएको 'तिर्खा लायो पानी खाए मैले के बिराएँ, मन पराएँ माया लाएँ मैले के बिराएँ ....' यि शब्द अब गीतमा मात्र सिमित रहेनन् । यहि गीतबाट 'मन पराएँ माया लाएँ' ४ वटा शब्दलाई सापटी लिएर निर्देशक प्रमोद भण्डारीले आफ्नो नयाँ चलचित्रको नाम जुराएका छन् । उनले चलचित्र 'मन पराएँ माया लाएँ' को काठमाडौका बिभिन्न स्थानहरुमा छायाँकन गरीरहेका छन् । आफ्नै कथामा शिबम अधिकारीले लेखेको संवाद अनुसार चलचित्रको नाम 'मन पराएँ माया लाएँ' उपयुक्त हुने ठहर गरी राखिएको जिकीर गरे पनि भण्डारीले गीतबाट प्रभावित भएको कुरा भने स्विकार गरे ।

पारिवारिक कथावस्तुमा चलचित्रको नाम जस्तै लभ सिक्वेन्सहरु समाबेश गरेको भण्डारीले बताए । नायक श्रीकृष्ण श्रेष्ठले पर्दामा चलचित्रको शिर्षक बोकेको जानकारी दिदै भण्डारीले उनले नायिका ऋचा सिंह ठकुरीलाई मन पराएर जवरजस्ती माया गरेको कुरा प्रस्तुत गर्न खोजिएको बताए । चलचित्रमा यो जोडीका अलावा नायिका झरना थापा, नायक सुशिल क्षेत्री, अभिनेता सुनिल थापा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

सुनिल ढकालले निर्माण गरेको चलचित्रको काठमाण्डौ, मुडे, बनेपा लगायतका स्थानमा छायाँकन गरीने भण्डारीले जनाएका छन् । चलचित्रलाई गणेश लामाले खिचिरहेका छन्. । प्रलाद भक्तको संगीतमा गोबिन्द प्रभातले कलाकारलाई कम्मर मर्काउन लगाउने छन् । रियालिटीमा आधारीत द्धन्द्धका दृष्यहरु समाबेश गर्ने बताउदै भण्डारीले द्धन्द्ध निर्देशकका रुपमा रोशन श्रेष्ठलाई छनौट गरेको जानकारी दिए । फिल्मीखबर

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates