पोर्तुगल निवासी नेपाली दिदि बहिनीहरुलाइ तीजको पहिरनमा उपस्थित हुन कोमल ओलीको अनुरोध
Wednesday, 3 August 2011 Posted by कृष्णपक्ष थापा

 साउन १९ लिस्बन । चर्चित लोक गायिका कोमल ओली एबम हास्य कलाकार मनोज गजुरेल लाई पोर्तुगलमा भब्य स्वागत गरिएको छ अहिले केहि बेर अगाडी लिस्बन स्थित अन्तरराष्ट्रिय बिमान स्थलमा आयोजक कमिटीले स्वागत गरेको कर्यक्रम संयोजक भिम केसी कमलले जानकारी गराउनुभयो 

अगष्ट ४ तारिख बिहिबार दिउसो साढे ३ बजेबाट लिस्बनमा सुरु हुने बिशेष सांगीतिक कार्यक्रमको लागि कलाकार द्वय पोर्तुगल आइपुग्नु भएको हो 

चर्चित लोक गायिका ओलीले बिशेष गरि पोर्तुगल निवासी नेपाली दिदिबहिनिहरुमा नजिकिदो नेपाली महिलाहरुको महान चाड तीजको अबसरमा कार्यक्रममा तीजको पहिरनका साथ उपस्थित हुन अनुरोध गर्नु भएको छ उहाले तीजका चर्चित एबम लोक प्रिय गीत संगीतहरु प्रस्तुत गर्नु हुनेछ 

यस्तै मनोज गजुरेलले पनि सम्पूर्ण पोर्तुगलमा बस्नु भएका   नेपाली हरुलाई कार्यक्रम नछुटाऊन आग्रह गर्नु भएको छ 

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates