आज नागपाचमी
Wednesday, 3 August 2011 Posted by कृष्णपक्ष थापा


कूल तामाङ्ग साउन १९ काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पाचमीका दिन मनाइने नागपाचमी पर्व आज परम्पराअनुसार घरको मूलढोकामा नागको चित्र टाँसी विधिपूर्वक पूजाअर्चना गरी मनाइँदैछ ।आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ ।वैदिककालदेखिनै नागपूजाको प्रचलन चल्दै आएको र आर्य समाजले यसलाई निरन्तरता दिएको पाइन्छ ।वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।आज नागका अष्टकुल अर्थात् अनन्त वासुकि पद्म महापद्म तक्षक कुलीर कर्कट र शङ्ख नागको पूजा गरी दुबो दूध अक्षता आदि चढाई धूपधुवाँर गर्ने गरिन्छ ।
नागपाचमीका दिन बिहान सबेरै पुरोहितद्वारा घरको मूलद्वारमा नागको चित्र टाँसी पूजा गरेपछि गृहस्थीले क्रमशः नागपूजा गर्ने परम्परा रहेको छ ।आजका दिन आफ्ना कुलनागका थानहरुमा पनि विशेष रुपमा पूजा गरी खीर रोटीलगायतका प्रसाद चढाउने गरिन्छ ।यस उपलक्ष्यमा नेपालका विभिन्न नागदहमा मेला लाग्ने गर्दछ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates