गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष भाटद्धारा गल्फ संयोजकमा उम्मेदवारी घोषणा
Wednesday, 17 August 2011 Posted by कृष्णपक्ष थापा

रवि रोषी, दोहा - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष नरेन्द्र भाटले गल्फ संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। एनआरएन एनसीसी कतारको अध्यक्ष पदमा दुई बर्ष बहाल रहँदा कतार तथा खाडी मुलूकका समस्याहरु यूरोप संघीय एनआरएनको समस्या भन्दा जटिल र फरक रहेको र सो को बारेमा आफुले नजिकबाट अनुभव बटुलेको बताए। साथै यस समस्याको निराकरणको लागि गल्फ संयोजकमा रही खाडीको समस्याको बारेमा पहल गर्न सक्षम रहेको जानकारी गराए।



खाडीका समस्याको हकमा आफुले हासिल गरेको विगतको अनुभव समाधान गर्न सार्थक रहने बताउँदै गल्फ संयोजक पदमा उम्मेदवार घोषणा गरेको हुँ उनले थपे। गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलनमा होस् वा यूरोप संघीय तथा क्षेत्रीय भेलाहरुमा हुन् कतारको उपस्थिती र भूमिका जहिले पनि अग्रणी रहँदै आएको स्मरण गराउँदै गल्फ संयोजकको पदमा मैले राखेको उम्मेदवारी प्रस्तावमा सवैको सहयोग र समर्थन तथा आश्वाशन पाएको छु उनले भने।




यसको अलावा आफुलाई गल्फ संयोजकको पदमा योग्य ठानेको हुनाले आफुले उम्मेदवारी घोषणा गरेको बताउँदै कतार तथा अन्य खाडी मुलूकमा रहने सवै एनआरएनहरुबाट पनि थप सहयोगको अपेक्षा राखेको छु। विश्वस्त छु सवैबाट मलाई थप पूर्ण समर्थन तथा सहयोग प्राप्त हुनेछ अन्तमा भाटले भने।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates