पहिलो नेपाली क्यानडामा चुनाव लडदै
Wednesday, 17 August 2011 Posted by कृष्णपक्ष थापा

केशव सिग्देल, टोरोन्टो - क्यानाडाको मिसिसागा नगरपालिकाको वार्ड न.५ का लागि हुन गैरहेको काउन्सिलर पदको निर्वाचनमा एक जना नेपाली जिम्मी घिमिरेले उम्मेदवारी दिएका छन्। क्यानाडाको सरकारी निकायमा चुनाव लड्ने घिमिरे नेपालीमुलका पहिलो ब्यक्ति हुन्।



गत मे महिनामा भएको चुनावबाट क्यानाडाको हाउस अफ कमन्स (संसद) मा सो वार्डका काउन्सिलर इभ एडम्स निर्वाचित भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो। चुनाव सेप्टेम्बर १९ मा हुँदैछ। चुनावी प्रतिर्ष्धामा घिमिरे सहित २६ जना छन्। स्थानीय निर्वाचनमा पार्टीगत उम्मेदवारी नहुने भएकाले प्रतिष्पर्धी धेरै भएका हुन्। सरकारको नेतृत्व गरेको कन्जरभेजिभ पार्टीमा आवद्ध घिमिरे चुनाव जित्ने कुरामा ढुक्क देखिन्छन।




चुनावी माहोलमा व्यस्त घिमिरे भन्छन, "यो चुनाव क्यानाडामा नेपाली समुदायको पहिचान स्थापित गराउने कुरामा बढी केन्द्रित छ" काठमाडौंका घिमिरे परिवार सन् १९९४ मा क्यानाडा बसाईं सरेका हुन्। क्यानडाको विण्डसोर युनिभर्सिटीबाट इलेक्टिकल इञ्जिनियरिङमा स्नातक घिमिरे हाल घरजग्गा सम्बन्धी कारोबारमा संलग्न छन्।



करिव ५० हजार जनसंख्या रहेको वार्ड ५ मा मतदान गर्न पाउने नेपाली भाषीको संख्या एकसय जति छ। नेपाली मूलका मतदाताको उपस्थिति नगन्य देखिने यो चुनावमा घिमिरेलाई कन्जरभेटिभ पार्टी र भारतीय समुदायको पनि समर्थन रहेको छ। दिन प्रतिदिन लिवरल पार्टीको साख गिर्दै गएको र कन्जरभेटिभ पार्टीका एडम्स विजयी भएको स्थितिमा घिमिरेको उम्मेदवारी सार्थक हुने सम्भावना छ।


कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates