स्विजरल्याण्डमा विश्व साइकल यात्रीलाई संघ सस्थाहरुबाट वेवास्ता
Wednesday, 17 August 2011 Posted by कृष्णपक्ष थापा




सुरेश सेन्चुरी, स्विजरल्याण्ड - विस्वको शान्तिको देश नेपाल र पर्यटन वर्ष २०११ को नेपाल जाउ भन्ने होर्डिंगबोर्ड आगाडी राखेर विश्व साइकल यात्रामा हिडेका वर्ष ५५ को श्री ढाकेश्वोर बुढाथोकी झापा, दमक १० का स्थानीय बासिन्दा हुन्। छिमेकी राष्ट्र भारतबाट यात्रा सुरु गर्नु भएको बुढाथोकीले भुटान, बंगलादेश हुदै ४८ औ राष्ट्रको रुपमा स्विसको यात्रा तय गर्नु भएको छ। यात्रीलाई भने स्विस निकोको कोष्ध्यक्ष श्री दल बहादुर पुनले स्वागत गर्नु भएको थियो।



नेपाली जनघंनत्वको आधारमा कम रहेता पनि नम्बरको आधारमा भने कुनै कमि छैन। स्विसमा नेपाली संगठनहरुको अझ भौगालिक हिसाबले धेरै टाढा रहेको नेपाल र स्विस बीच भने निक्कै मेल छ। साच्चिकै भन्नु पर्दा नेपालको संसद भवन भित्रको गतिबिधि अनि स्विस निवासी नेपालीहरु बीच तुलनात्मक रुपमा नियाल्दा बिसको बिस नै छ भन्दा फरक पर्दैन।



सामान्य संघसस्थाको चुनाबी प्रक्रियाबाट आगाडी बढने बिषयमा भोट हाल्नको निमित्त आउनको लागि खर्च बेहोरी दिने र उक्त संस्थाको साधारण सदस्य सुल्क समेत निशुल्क गराउन सक्ने संस्थाको नायकहरु एक ५५ बर्षीय बृद्ध र नेपालको शान्तिको नारा बोकेर आगाडी बढेको साइकल यात्री प्रति भने कुनै चासोको विषय मानेनन अब सोचौ यी संस्थाका नायकहरुसंग अब जनमानसले के आशा राख्ने अझ विस्वासिलो नेपालीहरुको एकमात्र संस्था गैर आवासीय संस्थाको जिम्मेवारी तहमा रहेको व्यक्तिहरुले त झुटो साइकल यात्री समेत भन्न पछि परेनन्।



आगामी दिनहरुमा स्विस निवासी सस्थाहरु प्रति जनमानसले कसरी र के को लागि विश्वास गर्ने केवल दशैँ तिहार अनि ग्रिल गर्नको लागि या सम्पूर्ण नेपालीहरुलाई एक गरेर अगाडी बढ्नको निमित्त? हुन त स्विसका सामाजिक सस्थाले यस्तो काम गर्न नि आवश्यक्त छैन किन कि विस्वको कुनै पनि कुनामा निर्बाचित समितिलाई सर्व प्रथम त शुभ कामना दिइन्छ अनि ग्रहण गरिन्छ। त्यो पनि सफल रहोस् कार्यकाल भनेर यहाँ त काम भन्दा नि पहिला नै अभिनन्दनमा सहभागी भै अभिनन्दित हुन पाइन्छ कि पाईदैन काम केको लागि र किन गर्नु पर्यो र? गजब छ स्विसमा हुन त वास्तविक रुपमा एउटा अभिनन्दन भनेको के हो? कस्तो र कसलाई गरिन्छ भनेर थाहा नहुने सस्थाका नायकहरुलाई बिशाल नेपालको नारा बोकेको साइकल यात्रीको महत्व त बुझ्ने कुरा नि भएन अब स्मरण रहोस् आगामी दिनहरुमा यस्तो घटना नदोहोरियोस।



यधपी संस्थाहरुले केहि नगरेता बिदेशी अथवा स्विस नागरिक फ्रानसिसका (नेपाली बोल्ने दिदि)ले भने बुढाथोकीलाई भेटघाट गर्दै सफलताको कामना समेत् गर्नु भएको छ। संस्थाले होइन मनले गरिन्छ समाजको सेवा भन्ने बुलन्द उदाहरणका साथ नेपाली स्विस निवासी लोकेन राना, दल बहादुर पुन, सुरेश सेन्चुरी, रमेश खनाल, मन्जिल मल्ल, रमितलाल जोशी, शंकर बस्नेत, गोबिन्द ढकाल र प्रिन्स लामाले पत्रकार सम्मेलन गरि बुढाथोकिको आगामी यात्रा सफलताको कामना गर्दै बिदाई गरिएको छ।



उक्त कार्यक्रम सफल पार्नको निमित्त कसको कति भूमिका रहेउ भन्ने प्रस्नमा यात्री बुढाथोकीले बिशेस गरेर नेपाली दुतआवास जेनेभा साथै बेर्नका जंगम खड्का, रबि गुप्ता, बुद्दी थापा, रुपेश के. सी. र साजन पाख्रिनलाई पनि हृदय देखिको धन्यवाद दिदै बिशेष सहयोग गरि दिने स्विस निकोलाई बिशेष धन्यवाद ज्ञापन संगै अस्ट्रिया प्रस्थान गर्ने जानकारीको साथ बिदा हुनु भयो।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates