श्रीलंकामाथि शानदार जितका साथ नेपाल साफ फुटवलको सेमिफाइनलमा
Saturday, 6 August 2011 Posted by कृष्णपक्ष थापा


 साउन २१ काठमाण्डौ। 
श्रीलंकामाथि आधा दर्जन गोल वर्षाउँदै नेपालले राजधानीमा जारी दक्षिण एशियाली साफ १६ वर्ष मुनिको फुटवल प्रतियोगितामामा अन्तिम चारको यात्रा पक्का गरेको छ । 
दशरथ रंगशालामा सुमन लामाको गोलमा खेलको १४ औं मिनेटमा खाता खोलेपछि नेपालले मध्यान्तरपछिको समयमा लगातार ५ गोल थपेर फराकिलो जित आत्मसात गरेको हो । लामा र ऋषि थापा मगरले २-२ तथा रुङ्ग्री राई ४८औं मिनेट र विश्वास श्रेष्ठले एक एक गोल थपेका थिए । नेपालसंगै सेमिफाइनलको यात्रा तय गर्ने अन्य राष्टहरुमा भारत पाकिस्तान र बंगलादेश रहेका छन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates