ठुला दलको कारण देशको अस्तित्व मेटिदै गएको राप्रपा नेपालका अध्यक्ष थापाको आरोप
Saturday, 6 August 2011 Posted by कृष्णपक्ष थापा


 एसबी गौतम 
साउन २१ सिन्धुली  देशको अस्तित्व मेटिने सम्भावना बढेको सम्भावना बढेको राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले बताउनु भएको छ । उहाँले जनआन्दोलनका उपलब्धी ठुला पार्टीका नेताहरुले पूरा गर्न नसकेको बताउनु भयो । 


शनिबार  सिन्धुलीमाढीमा राप्रपा नेपाल सिन्धुलीले गरेको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्वोधन गर्द्र्रै अध्यक्ष थापाले वताउनु भएको छ । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले विगतमा दुईटा सेनाका कारण िहंसा बढे पनि अहिले भने एउटा सेना व्यारेक र अर्को सेना शिविरमा बसे पनि िहंसा बढिनै रहेको बताउनु भयो । 
अपराध र अपराधीलाई राजनीतिक दलहरुले नै संरक्षण दिएकाले देशमा दण्डहिनताले प्रश्रय पाएको पनि उहाँले बताउनु भयो । राप्रपा नेपाल सिन्धुलीकी अध्यक्ष विन्दा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष थापाले नेपालीले नेपाली भएर गौरव गर्ने वातावरण नभएको बताउनु भएको छ  । 
उहाँले देशमा भाषा जाती आदीका आधारमा नेपालीलाई कमजोर बनाउने काम भएको बताउनु भयो । एउटा सहसचिव स्तरको राजदूतले नेपालका प्रधानमन्त्री मन्त्रीहरुलाई उठबस गराउने गरेको आरोप समेत उहाँले लगाउनु भयो । 


भेलालाई राप्रपा नेपालका सहायक महामन्त्री सुशिलकुमार श्रेष्ठ राष्टिय प्रजातन्त्र विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष राजाराम बर्तौला धनुषा जिल्लाका सचिव रामनरेश यादव लगायतले सम्वोधन गर्नु भएको थियो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates