गजल- अनुराग
Friday, 19 August 2011 Posted by कृष्णपक्ष थापा


खुशीले मन फुरुङ्ग छ जूनसँगै हुँदा
मुटु जोड्ने पिरतिको धुनसँगै हुँदा

कतै खाली छैन जस्तो परिपूर्ण लाग्छ
आफूले मन पराएको सुनसँगै हुँदा

छुटेका थ्यौ दोबाटोमा दोबाटोमै भेटि
स्वर्ग पाएँ अङ्गालोमा पुनसँगै हुँदा

"अनुरागले" भरिपूर्ण मिठो स्वाद आहा
हर दिन चौरासी ब्यन्जन् नुनसँगै हुँदा

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates