एमाले र मधेसी मोर्चाबीच छलफल जारी
Friday, 19 August 2011 Posted by कृष्णपक्ष थापा



२ भदौ, काठमाडौँ । भावी सरकारको नेतृत्वमा आफ्नो दाबी नगर्ने बताएका नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच राष्ट्रिय सरकार गठनका विषयमा छलफल सुरु भएको छ ।

दुई घटकबीच सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यालयमा बैठक जारी छ । सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका दावेदार माओवादी वा कांग्रेसमध्ये कसलाई सघाउने भन्ने विषयमा छलफल केन्दि्रत भएको अनलाइनखबरलाई जानकारी दिनुभयो । मोर्चा र एमालेबीच भावी सरकारबारे एउटै धारणा बनाउने विषयमा छलफल भइरहेको कर्णले बताउनुभयो । राष्ट्रिय सहमतिको सरकार नभए प्रतिपक्षमा बस्ने निर्णय लिएको एमालेका नेताहरुले मधेसी मोर्चालाई पनि बहुमतीय सरकारमा सामेल नहुने आफ्नो अडानमा सहमति जनाउन आग्रह गरेको बुझिएको छ ।

यसअघि राष्ट्रिय सहमतिको सरकार गठनको प्रयासमा माओवादी र मोर्चा, काग्रेस र मोर्चा, माओवादी र कांग्रेस तथा एमाले र कांग्रेसबीच पटकपटक छलफल भइसकेको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates