कोमल ओलीले पोर्तुगलमा गोजीमा गांठ भाको भेटिनन
रामहरि लामिछाने
साउन १९ लिस्बोन । चर्चित लोक गायिका कोमल ओली र चर्चित हास्य कलाकार मनोज गजुलेले पोर्तुगलको लिस्बनमा आफ्नो जोडदार प्रस्तुति देखाएका छन् । लिस्बनस्थित अडीटेरियम स्ताफेनियामा गायिका ओलीको प्रस्तुतिमा पोर्तुगल निवासी नेपाली दर्शकहरुले कम्मर मर्काई मर्काई नाचेका थिए ।
गायिका ओलीले यतिको मर्द भेटिएन कोहि, बाँझो खेतमा , नाचौ हामी डिस्कोमा तीज लागयतका गीतहरु गायकी थिइन। नेपाली महिलाहरुको महान चाड तीज नजिकिदो अबस्थामा उनले पोइल जान पाम ,,बोलको गीत गाउदा उपस्थित दर्शकहरु जोडदार ताली बजाउदै तालामा ताल मिलाउदै नाच्दै गरेको माहोल निकै नै रोमान्चित देखिएको थियो ।
यसै गरि हास्यकलाकार मनोज गजुरेलले नेकपा माओबादीका अध्यक्ष प्रचण्डको प्रहसन (क्यारीकेचर) गरेर दर्शकहरुलाई पेट मिचाई मिचाई हसाएका थिए। उनलाई अन्तरबार्तामा कोमल ओलीले साथ दिएकी थिइन।
गजुरेलको प्रहसन निकै नै ओजन दार र यथार्थ परक थियो।
यस्तै गजुरेलले रामायणको सिताको एक रोचक प्रसंग सुनाउदै बिदेशमा बसेका नेपाली बिदेशी बाल बच्चा हरुलाई नेपाली भाषा लगायत संस्कृति सिकाउनु आबश्यक भएको अन्यथा १४ बर्ष राम बनबास बस्यो भन्दा राम माओबादी हो ? भनेर आफुलाई सोधे जस्तो बुझाउन गार्हो हुने ब्यंगात्मक प्रस्तुति समेत देखाएका थिए
कार्यक्रममा कलाकारद्वयलाई आयोजक संस्थाहरु गैर आबासीय नेपाली संघ पोर्तुगल, नेपाल मैत्री संघ पोर्तुगल र नेपाल पोर्तुगल कला संस्कृति तथा साहित्य संचार परिषदले सम्मान गरेका थिए ।
कार्यक्रमको एनआरन अध्यक्ष रमेश गुरुङ ,मैत्री संघ अध्यक्ष मकर हमाल र कला परिषद अध्यक्ष कुमार श्रेष्ठले पानसमा दीप प्रज्ज्वलित गरेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
पोर्तुगल निवासी नेपालीहरुलाई पर्ने आकस्मिक दुर्घटनामा सहयोग गर्ने उदेश्यले अक्षय कोष स्थापना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
बिष्णु गौतम संचालक रहेको कार्यक्रममा भिम के सीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।




