पत्रकार महासङ्घ केन्द्रिय समितिको बैठक धुलिखेलमा
Thursday, 4 August 2011 Posted by कृष्णपक्ष थापा

अशोक महत
 साउन १९ धुलिखेल।  काभ्रे सदरमुकाम धुलिखेलमा हिजोबाट सुरु भएको नेपाल पत्रकार महासङ्घ केन्द्रिय समितिको राजधानी बाहिरको पहिलो औपचारिक बैठक दोस्रो दिन पनि जारी छ। आजको बैठकमा शान्ति प्रक्रिया र संविधान निर्माणमा राजनीतिक दलहरूले गरेको प्रगति र पत्रकार महासङ्घको भूमिका, आर्थिक पारदर्शिता, विराटनगरका पत्रकार खिलनाथ ढकालमाथिको आक्रमण र महासङ्घले देशव्यापी रूपमा सञ्चालन गरेको आन्दोलनको समीक्षाका साथै महासङ्घमा राख्ने भनिएको उजुरी पेटीकाको व्यवस्थालगायतका विषयमा छलफल हुने अध्यक्ष शिव गाउँलेले जानकारी दिनुभयो।

 यसअघि हिजोको बैठकले महासङ्घको संरचनागत सुधारका लागि सचिवालय समिति, आचारसंहिता पालना, अनुगमन तथा मूल्याङ्कन समिति, स्थानीय पत्रपत्रिकाहरूको हित प्रवद्र्धन समिति लगायत विभिन्न १८ वटा समिति बनाएको छ। बैठकले १८ वटै समितिमा संयोजकहरूसमेत छनौट गरेको छ ।

 बैठकमा ३१ जना केन्द्रिय र ३ जना सल्लाहकार समितिका पदाधिकारीसहित ३४ जना सदस्यहरू सहभागी छन् । 

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates