द्वन्द्व पीडितहरुको कथामा आधारीत 'न्यायको खोजी' प्रर्दशन
Friday, 30 September 2011 Posted by कृष्णपक्ष थापा

प्रकाश सुन्दास, आश्विन १४,

काभ्रेपलााचोक जिल्लाको तीन नगरपालिकामा द्वन्द्व पीडितहरुको अवस्थालाई समेटेर तयार पारिएको ुन्यायको खोजीु नामक कचहरी नाटक प्रर्दशन गरिएको छ । कचहरी नाटक जिल्लाको धुलिखेल बनेपा र पनौती नगरपालिकामा आज प्रर्दशन गरिएको छ । अधिकार लोकतन्त्र र समावेशीकरण कोषको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक काभ्रेले नाटक प्रर्दशन गरेको हो । नाटकमा सत्य निरुपण तथा वेपत्ता आयोग गठन नहुदाँ सशस्त्र द्वन्द्वका पीडितहरुले न्याय नपाएको विषय समावेश गरिएको छ ।

त्यस्तै नाटकले द्वन्द्व पीडित परिवारले समाजमा खेप्नु परिरहेको अपहेलना पीडितले पाउनु पर्ने राहत पीडितका छोराछोरीका लागि आएको छात्रवृत्ति एकल महिलाको कारुणिक व्यथा जस्ता विषयवस्तुहरुलाई पनि समेटेको थियो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates