चाडबाडमा प्रहरी सकृयता बढाउँदै
रामेछाप, उमा केसी,आश्विन १४
दशै तिहारमा हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर रामेछापमा प्रहरीले सकृयता बढाइएको छ । दशैको समयमा हुने जुवातास खेल्ने जाड रक्सी खाने र होहल्ला गर्ने जस्ता कार्यलाई नियन्त्रण गर्न प्रहरीले सकृयता बढाएको हो । यस अघि मन्थलीका केही होटलहरुम जाड रक्सी नियन्त्रण गर्नुको साथै तास खेल्ने ठाउँहरुमा समेत छापामारेको प्रहरी उपरिक्षक संजिव शर्माले जाकारी दिनु भयो । चाडवाडको वेलामा गाडीमा समेत चोरी र लुटपाटका घटना हुन नदिन व्यपक प्रहरी परिचालन गरिएको उहाले बताउनुभयो । नियमितरुपमा प्रहरीले पेटोलिङ्ग गस्ती गरिरहेको पनि शर्माले जानकारी दिनु भयो ।
चावाडको समयमा हुलदुङ्गा हुन नदिन गाउँगाउँमा समेत प्रहरीलाई आफ्नो सकृयता बढाउँन निदेशन समेत दिईएको छ । दशै तिहारको समयमा कुनै पनि अपि्रय घटना नहोस भनेर आफु मातहतका प्रहरीलाई विदा नदिकन सम्पूर्ण जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरीले कार्यलयले रामेछापले जनाएको छ ।




