भाइको हत्या दाइले गरे
Saturday, 10 September 2011 Posted by कृष्णपक्ष थापा

दैलेख, भदौ २५ - दैलेखको विशाला गाविस वडा नं ३ सुइयामा दाइले भाइकै हत्या गरेका छन्। बाबुछोराबीच भइरहेको विवाद मिलाउन पुगेका भाइ ३० वर्षीय महेन्द्र शाहीलाई दाजु दीपबहादुर शाहीले चक्कु प्रहार गरी हत्या गरेका हुन्। हर्कबहादुर शाही र सहोदर छोरा दीपबहादुरबीच भैंसीको विषयमा झडप भइरहेका बेला उनी छुट्याउन गएका थिए। अभियुक्तका बुबा हर्कबहादुर शाही घाइते छन्।

महेन्द्रको शनिबार उपचारका लागि जिल्ला ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। उनी नेराप्रावि सुइयाका शिक्षक हुन्। अभियुक्त दीपबहादुर शाही फरार रहेको उनको खोजी गरिरहेको लकान्द्रस्थित प्रहरी चौकीका इञ्चार्ज गोविन्द विक्रम शाहले जानकारी दिए।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates